Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा ३ मा यूवा उम्मेदवार पाण्डेको पक्षमा जनसमर्थन दिनप्रतिदिन मजबुत बन्दै

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ १०,शनिबार
A A
3
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका युवा उम्मेदवार रूपेश कुमार पाण्डेको पक्षमा जनसमर्थन दिनप्रतिदिन मजबुत बन्दै गएको छ। निर्वाचन मिति नजिकिँदै जाँदा पाण्डेले सञ्चालन गरिरहेको घरदैलो अभियानले तीव्रता पाएको छ भने स्थानीय जनताको उत्साहजनक सहभागिताले क्षेत्रको राजनीतिक माहोल परिवर्तनको दिशामा अघि बढेको देखिन्छ।

घरदैलो अभियानका क्रममा पाण्डेले मतदातासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रको वर्तमान अवस्था, समस्या र सम्भावनाबारे आफ्ना धारणा राख्दै आएका छन। विशेषगरी युवा पुस्ताले परिवर्तन, रोजगारी, उद्यमशीलता र आधुनिक पूर्वाधारको एजेन्डामा उनको स्पष्ट भिजनलाई समर्थन जनाएका छन। त्यस्तै, बृद्ध तथा अभिभावक वर्गले इमानदार नेतृत्व, स्थायित्व र विकासको भरोसाका साथ पाण्डेलाई आशिर्वाद दिँदै आएको स्थानीयहरू बताउँछन।

पाण्डेले पर्सा–३ लाई कृषि, उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बनाउने, युवालाई विदेश पलायन हुनबाट रोक्दै स्थानीय रोजगारी सिर्जना गर्ने, र वीरगञ्ज–केन्द्रित विकासलाई गाउँ–टोलसम्म विस्तार गर्ने भिजन अघि सारेका छन। उनले स्वच्छ राजनीति, पारदर्शी कामकाज र जनउत्तरदायी प्रतिनिधित्वलाई आफ्नो प्रमुख प्रतिबद्धता बनाएका छन।

अहिलेको अवस्थामा हेर्दा एमालेप्रति बढ्दो जनविश्वास र पाण्डेको सक्रियता तथा युवामैत्री सोचका कारण पर्सा–३ मा एमालेको स्थिति बलियो बन्दै गएको छ। “यो चुनाव सामान्य प्रतिस्पर्धा मात्र नभई नयाँ सोच र ऊर्जावान नेतृत्वको छनोट हो आमजनताले बताउँछन ।

जनलहर, संगठित पार्टी संरचना र स्पष्ट विकास भिजनका साथ अगाडि बढिरहेका रूपेश कुमार पाण्डेको उम्मेदवारीले पर्सा–३ मा एमालेको बलियो जित सुनिश्चिततर्फ अग्रसर भएको संकेत देखिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ १०,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ १०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद