Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्याब्सन पर्साको दोस्रो जिल्ला परिषद भेला सम्पन्न, उत्कृष्ट विद्यालय र शिक्षक सम्मानि

by प्रणय साह
प्रकाशित : २०८२ पुष २६,शनिबार
A A
3
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज — निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल -प्याब्सन_ पर्साको दोस्रो जिल्ला परिषद भेला–२०८२ वीरगन्जमा सम्पन्न भएको छ।
आयोजित भेलामा निजी विद्यालयहरूको एकता, शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षक–विद्यार्थी हित तथा शिक्षा क्षेत्रका समसामयिक चुनौतीबारे व्यापक छलफल गरिएको थियो।


भेलामा प्याब्सनका जिल्ला तथा प्रदेशस्तरीय पदाधिकारी, निजी विद्यालयका सञ्चालक तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। भेलाले निजी विद्यालयहरूबीच सहकार्य र समन्वयलाई थप सुदृढ बनाउने निष्कर्ष निकालेको आयोजकले बताएका छन्।
भेला २०८२ पौष २६ गते शनिबार वीरगन्जस्थित एक होटलमा सम्पन्न भएको हो।
२०८१ मा उत्कृष्ट नतिजा ल्याएका विद्यालय सम्मानित
कार्यक्रमकै अवसरमा शैक्षिक सत्र २०८१ मा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यालयहरूलाई सम्मान गरिएको छ।
सम्मानित विद्यालयमध्ये ३ वटा ४ जीपीए हासिल गर्न सफल गौतम माध्यमिक विद्यालय र १०० प्रतिशत नतिजा ल्याउन सफल मस्कf]ट एकेडेमी लाई विशेष सम्मान प्रदान गरिएको हो।
वक्ताहरूले विद्यालयहरूको शैक्षिक गुणस्तर, अनुशासन र निरन्तर मेहनतको प्रशंसा गर्दै यस्ता उपलब्धिले शिक्षा क्षेत्रमा सकारात्मक प्रतिस्पर्धा र सुधारको वातावरण सिर्जना x’g] बताए।
छोटो अवधिमै उत्कृष्ट काम गरेकोमा प्याब्सन वीरगन्ज सम्मानित
छोटो अवधिमै शिक्षा क्षेत्रमा उल्लेखनीय काम गर्न सफल भएको भन्दै प्याब्सन वीरगन्ज लाई जिल्ला पर्सा द्वारा सम्मान गरिएको छ।
निजी विद्यालयहरूको समन्वय, शैक्षिक गुणस्तर अभिवृद्धि तथा संस्थागत सुदृढीकरणमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान प्रदान गरिएको छ।
१० वर्षभन्दा बढी निरन्तर सेवा दिने शिक्षक–शिक्षिकाहरू पनि सम्मानित
कार्यक्रममा एकै विद्यालयमा १० वर्ष वा सोभन्दा बढी समय निरन्तर सेवा प्रदान गरेका ३० जना शिक्षक तथा शिक्षिकालाई सम्मान गरिएको छ।
सम्मानित हुने प्रमुख शिक्षक–शिक्षिकाहरूमा ३१ वर्ष निरन्तर सेवा गरेकी सुशिला शेर्पा डी.ए.भी. आरबी केडीया स्कुल,४० वर्ष निरन्तर सेवा गरेका रामनरेश पाण्डे आदर्श माध्यमिक विद्यालय ,२६ वर्ष सेवा गरेका सिपेन्द्र गुप्ता (गौतम माध्यमिक विद्यालय),१५ वर्ष सेवा गरेका रमेश कुमार चौधरी (विद्या सागर विद्यालय)
लगायत रहेका छन्।आयोजकका अनुसार दीर्घकालीन सेवा, समर्पण र शिक्षामा पुर्‍याएको योगदानको कदर गर्दै शिक्षक–शिक्षिकालाई सम्मान गरिएको हो।
कार्यक्रमले शिक्षक पेशाप्रति सम्मान, निष्ठा र निरन्तरताको सशक्त सन्देश दिएको छ। प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्याब्सन केन्द्रीय समितिका उपाध्यक्ष किशोर गौतम प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।


कार्यक्रममा प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष पूरण प्रधान, प्राज्ञिक सल्लाहकार लालबाबु पटेल, प्रेस सेन्टर नेपाल मधेश प्रदेशका अध्यक्ष निरज पिठाकोटे तथा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाललगायत वक्ताहरूले शिक्षा क्षेत्रसँग सम्बन्धित विविध विषयमा आफ्ना धारणा राखेका थिए।
वक्ताहरूले निजी तथा संस्थागत विद्यालयहरूको भूमिकाबारे चर्चा गर्दै शिक्षा क्षेत्रमा देखिएका चुनौती र समाधानका उपायबारे जोड दिएका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ पुष २६,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ पुष २६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद