Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

चिसोबाट जोगाउन वीरगन्जमा सामुदायिक कुकुरका खोरमा न्यानो चकटी

by प्रणय साह
प्रकाशित : २०८२ पुष १५,मंगलवार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज — बढ्दो जाडोका कारण सडकमा रहेका सामुदायिक कुकुरहरू प्रभावित हुन थालेपछि उनीहरूलाई न्यानो बनाउन चकटीको व्यवस्था गरिएको छ।

वीरगन्ज–४ जेलचोकस्थित कुकुरका खोरहरूमा पराल बिछ्याएर त्यसमाथि कपडाबाट बनाइएका न्यानो चकटी ओछ्याइएको हो। सुमार्ग बिन्दु आमा फाउन्डेसनको सहयोगमा वीरगन्ज कपडा बैंकले उक्त सामग्री उपलब्ध गराएको हो।

केही दिनयता अत्यधिक चिसो बढेपछि बाहिर रहेका जनावर, विशेषगरी सामुदायिक कुकुरहरूलाई जोगाउने उद्देश्यले मानवीय संवेदनशीलता झल्किने गरी अभियान सञ्चालन गरिएको कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले बताए। उनका अनुसार कपडा बैंकमा संकलन भएका काम नलाग्ने रद्दी तथा खराब कपडाको पुनः प्रयोग गर्दै दुई–दुई फिटका आठ थान चकटी तयार गरी वितरण गरिएको हो।

“मानवसँगै पशु–पंक्षीप्रति करुणा र सहकार्यको भावना सहित यस्ता सेवामूलक गतिविधि आगामी दिनमा पनि निरन्तर गरिनेछ,” सिंहले भने।

चकटी ओछ्याउने कार्यक्रममा कपडा बैंकका सदस्य नवराज भट्टराई र अभिलाष गुप्ता, सुमार्ग बिन्दु आमा फाउन्डेसनका सल्लाहकार तथा समाजसेवी मार्टिन मोक्तान, राजु चिया पसलका सञ्चालक राजु साह तुराहा लगायतको सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ पुष १५,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ पुष १५,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद