Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा जिल्लामा “मेरो पानी मेरो बानी” अभियान सञ्चालन, वीरगञ्जको धागर टोलमा विशेष कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ श्रावण २२,बिहीबार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — युनिसेफ नेपाल र वीरगञ्ज महानगरपालिकाको संयुक्त आयोजनामा पर्सा जिल्लाका चार स्थानीय संस्थाहरू — नेपाल रेडक्रस सोसाइटी, नेपाल खानेपानी संस्थान, दिगो विकास स्रोत केन्द्र र एन।जी।ओ। सि।सि।को सहकार्यमा “मेरो पानी मेरो बानी” अभियान सफलतापूर्वक सञ्चालन भैरहेको छ।

खानेपानी अभावको समस्याबाट पीडित समुदायलाई लक्षित गरी आज वीरगञ्ज महानगरपालिका वडा नं ११, श्रीपुरस्थित धागर टोलमा विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा ३० जना स्थानीय बासिन्दालाई एक(एक थान बाल्टिमा नल ९टुटी० जडान गरिएको सेट, एक थान जग र पानी सफा गर्ने केमिकल हस्तान्तरण गरिएको थियो।

तराई क्षेत्र, विशेषगरी मधेश प्रदेशका विभिन्न भागहरूमा पानीको अभाव गहिरिँदै गएको अवस्थामा यो कार्यक्रमलाई सकारात्मक पहलको रूपमा लिइएको छ।

जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवानले भने, “अहिले हामी अत्यधिक प्रभावित क्षेत्रमा ६ सय थान यस्ता सामग्रीहरू वितरण गर्न लागेका छौं र आगामी दिनहरूमा पनि थप वितरणको योजना रहेको छ। यस खडेरी समस्या समाधानका लागि दीर्घकालीन उपायहरू खोज्नु अपरिहार्य छ।”

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखाकी वरिष्ठ सदस्य तथा समाजसेवी गुड्डी साहको नेतृत्व रहेको थियो। साथै, नन्दनी गुप्ता, प्रिया कुश्वाहा र एन।जी।ओ। सि।सि।का प्रतिनिधि दुलारचन प्रसाद र आनंद यादवले समेत सक्रिय सहभागिता जनाएका थिए।

आयोजक संस्थाका अनुसार, स्थानीय समुदायमा पानीको पहुँच सुनिश्चित गर्दै जल स्रोतको प्रभावकारी व्यवस्थापनमा नागरिक सचेत गराउने उद्देश्यले ‘मेरो पानी मेरो बानी’ अभियान सञ्चालन गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ श्रावण २२,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ श्रावण २२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद