Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

सखुवा प्रसौनी गाउँपालिकाले आगामी वर्षको लागि ५९ करोड ३१ लाखको बजेट सार्वजनिक

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार १०,मंगलवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — सखुवा प्रसौनी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५९ करोड ३१ लाख ५८ हजार ३०३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार सम्पन्न १५औं गाउँसभा अधिवेशनमा उपाध्यक्ष शर्मिला विष्टले आगामी वर्षका लागि प्रस्तावित बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु कुशवाहाका अनुसार बजेटको प्रमुख अंश विभिन्न अनुदान र राजस्व बाँडफाँडबाट जुटाइनेछ। यसमास्

शसर्त अनुदान — २३ करोड २९ लाख

समपूरक अनुदान — ५१ लाख

विशेष अनुदान — ७५ लाख

वित्तीय समानीकरण अनुदान — ११ करोड ४५ लाख ६२ हजार

राजस्व बाँडफाँड — १० करोड ८६ लाख ११ हजार ३०३

आन्तरिक श्रोत — ४४ लाख ८५ हजार

रकम समावेश गरिएको छ।

मुख्य प्राथमिकतामा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार
गाउँपालिका अध्यक्ष जसवन्त यादवले प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार र खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखिएको जानकारी दिए। साथै, बजेटमा महिला सशक्तीकरण, युवा उद्यमशीलता, वातावरण संरक्षण र विपद् व्यवस्थापन पनि समेटिएको छ।

‘एक गाउँ, एक उद्यम’ योजना सार्वजनिक
गाउँसभामा बोल्दै अध्यक्ष यादवले, प्रत्येक वडामा कम्तीमा एउटा उद्यम स्थापना गर्ने उद्देश्यसहित ‘एक गाउँ, एक उद्यम’ कार्यक्रम अघि सारिएको बताए। उक्त योजनामार्फत स्थानीय युवा र महिलाहरूलाई रोजगारीका अवसरहरू सिर्जना गर्ने लक्ष्य राखिएको छ।

सभामा व्यापक सहभागिता
गाउँसभा अध्यक्ष जसवन्त यादवको अध्यक्षतामा सम्पन्न अधिवेशनमा उपाध्यक्ष शर्मिला विष्ट, प्रमुख प्रशासकीय अधिकृत रामबाबु कुशवाहा, ६ वटै वडाका अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, समाजसेवी र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ असार १०,मंगलवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ असार १०,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद