Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home बिचार ब्लग

डिग्री गरेर बाख्रा चराउने!

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार ५,बिहीबार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

✍️ पुकार सुवेदी

सानो छँदाको कुरा हो। गर्मीको लामो बिदा, विद्यालय बन्द, साथीहरूबीच गफगाफ चल्थ्यो –
“तँ कहाँ जान्छस् छुट्टीमा?”
“म मामाघर!”
“हम त मौसी के घर!”

तर म… मौन हुन्थेँ।
न गाउँ थियो, न मौसीको घर।
तर मनमा चाहिँ एउटा गाउँ थियो – कल्पनामा बसाएको, हरियालीले भरिएको, चिरबिर गरिरहेका चराहरूको आवाजले गुञ्जिएको, जहाँ म पुग्न चाहन्थेँ।

त्यही बालमनको एक झिनो हठ – “म गाउँ जान्छु!”
बासँग दुई दिन अनसन!
बा सम्झाउँथे – “हाम्रो गाउँ त यही वीरगञ्ज हो।”
तर वीरगञ्जलाई म सहरको ‘कङ्क्रिट जंगल’ ठान्थेँ। गाउँ त त्यो हो – जहाँ माटोको गन्ध, खोलाको बगर, गोठको गाई र साँझको चियापसल हुन्छ।

सायद मेरा बालहठकै कारण हो, बाले पछि गाउँमै एउटा टुक्रा माटो किनिदिए।
त्यही दिनदेखि मेरो सपना पूरा हुँदै गयो।
अब छुट्टी हुनासाथ म आफैँ भनिहाल्थेँ – “गाउँ जाने हो?”
र, हरिया खेतहरू, बग्ने खोला, टि माई, सुबेदार काका, नथिया कानी… सबैसँग गाँसिएँ।

गाउँ : सौन्दर्य नै सौन्दर्य

गाउँलाई सौन्दर्यीकरण गर्नु पर्दैन – त्यो त आफैँमा सुन्दर छ।
हरिया मुनाहरू, वसन्तको झरीले भिजेको माटोको सुगन्ध, गुइँठाको भित्तो, साँझको भलाकुसारी – यी नै गाउँ हुन्।

गाउँमा न कुनै औपचारिकता हुन्छ, न परिचयपत्र चाहिन्छ – गाउँ आत्मीयता हो।
त्यहाँको चिया पसल राजनीति र नीतिको बहस हैन – किसानको दुखसुख साटासाट गर्ने चौतारी हो।
जहाँ भुँडे मास्टर अखबारको पाना पढेर सुनाउँछन् –
“यसपालि मलका लागि १ खर्ब २३ अर्ब छुट्टाइएको छ।”
र फुलबा के बाबु सुनाउँछन् –
“सदरमुकाम पुगेर बोरा मल ल्याउँदा तीन दिन खर्चियो, त्यो पनि पहुँच बिना पाइँदैन!”

व्यङ्ग्यको रूप: ‘डिग्री कर्के बकरी चरावतार?’

एक दिन मझरी काकी रिसाउँदै आइन् –
“कुन चाहिँको बाख्रा हो यो?”
अनि मलाई देखेर हाँस्दै भनिन् –
“कारे बैवो, डिग्री कर्के बकरी चरावतार?”

सोधाइमा व्यङ्ग्य थियो कि गर्व – म थाहा पाउँदिन।
तर प्रश्न गहिरो थियो – पढेलेखेका युवाले बाख्रा चराउन हुन्छ कि हुँदैन?
हाम्रो समाजमा अझै पनि कृषि, पशुपालनजस्ता पेसालाई दोस्रो दर्जाको मानिन्छ।
शिक्षा भनेपछि ड्रेस, अफिस, कुर्सी मात्र हो भन्ने सोच अझै बाक्लो छ।

शिक्षा प्रणाली बदल्नैपर्छ

नेपालको शिक्षा प्रणाली अझै सैद्धान्तिक ज्ञानमै सीमित छ।
विद्यार्थीले व्यवहारमा उतार्न नसक्ने, सीप नपर्ने शिक्षा।
त्यसैले अब समय आएको छ – विद्यालयस्तरमै व्यावसायिक र सीपमूलक तालिम अनिवार्य गरौं।
कृषि, पर्यटन, उद्यमशीलता, प्रविधि, हस्तकलालाई पढाउने होइन, गराउने बनाऔं।

त्यो बेला मात्रै “डिग्री लिएर बाख्रा चराउने” भन्नु व्यङ्ग्य होइन, गर्वको कुरा हुनेछ।

गाउँ : हाम्रो आत्मा, हाम्रो आशा

गाउँ भनेको केवल भौगोलिक क्षेत्र होइन।
त्यो हाम्रो हृदय हो – जहाँ परम्परा र प्रकृति एउटै लयमा बग्छन्।
गाउँको शान्ति, सरलता, आत्मनिर्भरता र मौलिकता नै त्यसको साँचो पहिचान हो।

गाउँ सधैँ गाउँ भएर रहोस्।
सहरले गाउँलाई निल्न होइन, गाउँबाट सहरले सिक्न सकून्।

निष्कर्षमा –
गाउँ जानु केवल यात्रा होइन, त्यो त जरा भेट्ने प्रक्रिया हो।
र, बाख्रा चराउने त्यो “डिग्रीवाला” युवा, भविष्यको सबैभन्दा सचेत कृषक पनि हुन सक्छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्जका ट्रेड युनियनद्वारा उद्योग वाणिज्य संघको ध्यानाकर्षण, श्रमिक अधिकार र न्यूनतम ज्याला कार्यान्वयनको माग
आर्थिक

वीरगञ्जका ट्रेड युनियनद्वारा उद्योग वाणिज्य संघको ध्यानाकर्षण, श्रमिक अधिकार र न्यूनतम ज्याला कार्यान्वयनको माग

प्रकाशित : २०८२ असार ५,बिहीबार
बालविकास कक्षाका लागि उपकार सेवा नेपालको सहयोगमा सिलिङ फ्यान हस्तान्तरण
मुख्य समाचार

बालविकास कक्षाका लागि उपकार सेवा नेपालको सहयोगमा सिलिङ फ्यान हस्तान्तरण

प्रकाशित : २०८२ असार ५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद