Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मुखमा कालो पट्टी बाँधेर वीरगन्जका औषधि उद्योगी र व्यवसायीले धर्ना दिए

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ ३०,शुक्रबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । वीरगन्जमा रहेको औषधि व्यवस्था विभाग शाखा कार्यालय अगाडि औषधि उत्पादक,व्यवसायी,पसले लगायतकाले मुखमा कालो पट्टी बाँधेर धर्ना दिएका छन् ।

नेपाल सरकारको औषधि मूल्य निर्धारण समितिले पेश गरेको प्रतिवेदनको विरोधमा देशव्यापी कार्यक्रम अनुसार वीरगन्जमापनि औषधि व्यवस्था विभाग शाखा कार्यालय अगाडि शुक्रबार बिहान ११ जेदेखि दिउँसो १ बजेसम्म औषधि उत्पादक,व्यवसायी,पसले लगायतकाले मुखमा कालो पट्टी बाँधेर धर्ना दिएका हुन् ।

सिफारिस समितिले पेश गरेको प्रतिवेदनले औषधि उत्पादक उद्योगी,व्यवसायी,पसलेमात्रै नभई उपभोग गर्ने सेवाग्राहीपनि मर्कामा पर्ने भएकाले त्यसको विरोधमा आँफुहरु आन्दोलित हुनु परेको उनिहरुले बताएका छन् । सस्तो लोकप्रियताका लागि समितिले उक्त प्रतिवेदन तयार पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेश गरेको भन्दै उनिहरुले नेपाल सुहाउँदो नीति बनाउन माग गरेका छन् ।

धर्नाा कार्यक्रममा सहभागी वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले समितिको एकपक्षीय निर्णयले देशभरका औषधि उद्योगहरू धराशायी हुने खतरा रहेको बताए ।नेपाल औषधि उत्पादक संघका वरिष्ठ उपाध्यक्ष प्रभात रुंगटाले औषधि ऐन २०७५ लागू नगरी नयाँ नीति ल्याउन खोजिएकोप्रति असन्तुष्टि जनाए। उनले सरकारले कुनै सरोकारवाला पक्षसंग छलफल नगरी नीति ल्याउन लागेको भन्दै यसले औषधि आयात र उत्पादन दुबैमा प्रतिकूल असर पर्ने चेतावनी दिए।नेपाल औषधि व्यवसायी संघ पर्साका वरिष्ठ उपाध्यक्ष विश्वराज गौतमले औषधि उद्योग र व्यवसायीमैत्री नीति बनाउन आग्रह गरे।

व्यवसायीहरूले प्रतिवेदन लागु भए एक महिनाभित्र औषधिको अभाव हुने चेतावनीसमेत दिएका छन्। औषधि मूल्य परामर्श परिषद्को निर्णयअनुसार २ माघ २०७५ मा गठन गरिएको समितिले प्रतिवेदन बुझाइसकेको भए पनि सरकार र मन्त्रालयले बेवास्ता गर्दै आएको औषधि स्वास्थ्य सेवा तथा सामग्री सरोकार समितिको आरोप छ।

व्यवसायीहरूले औषधिको मूल्य निर्धारण, वितरण प्रणाली सुधार, गुणस्तर, आपूर्ति र व्यवस्थापनसम्बन्धी सिफारिसहरू तत्काल कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ जेष्ठ ३०,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ जेष्ठ ३०,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद