Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेकपा (एकीकृत समाजवादी) परवानीपुर पालिका कमिटीद्वारा गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाइयो

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ ६,मंगलवार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

बारा । नेकपा (एकीकृत समाजवादी) परवानीपुर पालिका कमिटीद्वारा गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) परवानीपुर गाउँपालिका कमिटी, बाराले विभिन्न स्थानीय र राष्ट्रिय मुद्दाहरूमा तत्कालीन ध्यानाकर्षण गराउँदै गाउँपालिका अध्यक्षसमक्ष औपचारिक ज्ञापनपत्र बुझाएको हो । मंगलबार पार्टीका पालिका अध्यक्ष रामेश्वर प्रसाद पटेलको नेतृत्वमा गा.पा अध्यक्षलाई ज्ञापन बुझाइएको हो ।
ज्ञापनपत्रमा उल्लेख भएअनुसार, पार्टी केन्द्रीय अध्यक्ष क. माधवकुमार नेपालले यही बैशाख १७ गते प्रधानमन्त्री समक्ष पेश गरेको मागपत्रमा उठाइएका विषयहरू – कृषि, पूर्वाधार, यातायात, स्वास्थ्य, उद्योग, जलविद्युत, रोजगारी, प्रवासी श्रमिकको अधिकार, संविधान कार्यान्वयन लगायतका बुँदाहरूमा पूर्ण समर्थन र ऐक्यवद्धता व्यक्त गरिएको छ ।
श्रमिक अधिकार र बैदेशिक रोजगारमा जोड
ज्ञापनपत्रमा श्रम र श्रमिक अधिकारप्रति गम्भीर चासो व्यक्त गर्दै श्रम ऐन २०७४ को धारा १४५ खारेज गर्नुपर्ने, ठेक्का र करार प्रणाली अन्त्य गर्नुपर्ने, तथा स्थायी रोजगारीको सुनिश्चितता गर्नुपर्ने उल्लेख छ। साथै, सामाजिक सुरक्षा कोषको कार्यान्वयन र राष्ट्रिय श्रम आयोग गठनको माग पनि गरिएको छ । बैदेशिक रोजगारका सन्दर्भमा गाउँपालिकाभित्रका सातै वडाबाट गएका श्रमिकहरूको तथ्यांक संकलन गर्न र फर्केका श्रमिकहरूको सीप तथा अनुभवलाई स्थानीय विकासमा प्रयोग गर्न आग्रह गरिएको छ।
स्थानीय समस्या र समाधानका सुझावहरू
ज्ञापनपत्रमा परवानीपुर गाउँपालिकामा देखिएका विभिन्न समस्याहरू र समाधानका सुझावहरू पनि समेटिएका छन्। तीमध्ये प्रमुख बुँदाहरू यस्ता छन् । पालिकाभित्र फैलिएको भ्रष्टाचार नियन्त्रण गर्न ठोस कदम चालिनुपर्ने । खानेपानीको व्यवस्था तत्काल मिलाइनुपर्ने । आधुनिक कृषि प्रणाली अपनाई किसानको जीवनस्तर उकास्नुपर्ने ।
शिक्षा क्षेत्रमा अनियमितता अन्त्य गर्नुपर्ने ।
युवाहरूको मनोबल वृद्धिका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्ने । मठ, मन्दिर, मस्जिदको संरक्षण सुनिश्चित गर्नुपर्ने। उद्योग तथा कलकारखानाबाट फैलिएको धुवा, धूलो र प्रदूषण नियन्त्रण गर्न पहल गरिनुपर्ने ।
सहभागी प्रतिनिधिहरू
ज्ञापनपत्र बुझाउने कार्यक्रममा सहभागीहरूमा प्रदेश सभा सदस्य असेश्वर प्रसाद कुर्मी, वार्ड कमिटी अध्यक्ष रामेश्वर प्रसाद कुर्मी, जिल्ला सचिव ओम बाबु गुप्ता, पालिका सदस्य खलिल मियाँ अंसारी, नेपाल रिटर्निङ जिल्ला सदस्य सुरेन्द्र प्रसाद कुर्मी, युवा प्रतिनिधि धीरज पटेल लगायतको उपस्थिति रहेको नेपाल रिटर्निङका जिल्ला अध्यक्ष अनिल कुमार साहले जानकारी गरेका थिए ।
पार्टीले ज्ञापनपत्रमार्फत स्थानीय सरकारसँग तत्काल ध्यानाकर्षण गराउँदै जनहितका कार्यहरूमा प्राथमिकता दिन आग्रह गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप
मुख्य समाचार

अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप

प्रकाशित : २०८२ जेष्ठ ६,मंगलवार
“भोटेकोशी बाढीपीडितप्रति वीरगञ्ज कपडा बैंकको श्रद्धाञ्जली”
धर्म

“भोटेकोशी बाढीपीडितप्रति वीरगञ्ज कपडा बैंकको श्रद्धाञ्जली”

प्रकाशित : २०८२ जेष्ठ ६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद