Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नयाँ वर्ष २०८२ मा चुरेक्षेत्रको पर्यटन प्रवर्द्धनको चासो

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ चैत्र २४,आईतवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी।नयाँ वर्ष २०८२ सुरु हुन अझै एक साता बाँकी छ । तर महोत्तरीको सुदूरउत्तरी क्षेत्रका चुरे पर्वतीय शृङ्खला आसपासमा नयाँ वर्ष तयारीको चहलपहल सुरु भएको छ । विसं परम्पराको नयाँ वर्षसँग आफ्नै दैननदिनको सम्बन्धले यस दिनलाई विशेष बनाउन युवा पुस्ताले केही दिन पहिले नै तयारी थालेका हुन् । जिल्लाका सुदुर दक्षिणी भेगका युवाले चुरे क्षेत्रका पर्यटकीय सम्भावनाका ठाउँको अवलोकनलाई महत्व दिएका छन् ।

यसपालिको नयाँ वर्षलाई विशेष बनाउन सामूहिक वनभोजसँगै प्राकृतिक सम्पदाबारे नजिकबाट नियाल्ने केही युवा समूहको तयारी छ । “साथीहरूसँग रमाइलो गर्ने त छँदैछ, हामी यो अवसरलाई चुरे क्षेत्रको प्राकृतिक सम्पदाको भण्डारसँग पनि नजिकबाट हेर्न बुझ्न चाहन्छौँ”, भङ्गाहा–३ कटैयाका २५ वर्षीय सञ्जय यादव भन्नुहुन्छ, “यसपालि हामीले नयाँ वर्षमा मधेसकै चुरेको सबैभन्दा अग्लो डाँडा चनौटे अवलोकनको योजना बुनेका छौँ ।”

चनौटेडाँडा मधेसमै फरक हावापानीको ठाउँका रूपमा चिनिन्छ । पूरै लेकाली हावापानीको चनौटेडाँडामा उच्च पहाडी क्षेत्रमा फल्ने फलफूल र तरकारी उब्जन्छन् । जुनार, सुन्तला, निबुवाजस्ता फलका रुख र स्कूस र चुच्चे करेलाजस्ता तरकारी यहाँ लटरम्म देखिन्छन् । आफ्नै जिल्लाको फरक भूगोलबारे जानकारी बढाउन यसपालि नयाँ वर्ष चनौटेडाँडामा मनाउने े यादवको भनाइ छ । तलको मैदानमा अचाक्ली गर्मी बढिरहेका बेला हावापानीको फरक महसुस चनौटेले गराउने उहाँ बताउनुहुन्छ ।

कतिको गन्तव्य सोलीघोप्टे डाँडा छ, कतिको गिद्धबास । सोलीघोप्टे महोत्तरीको चुरे पर्वतीय शृङ्खलाको जडीबुटीको भण्डार मानिन्छ । यसैगरी राइमण्डलडाँडामा लोपोन्मुख गिद्धको बासस्थान भेटिएको छ । रमाउने अवसरमा यी ठाउँबारे सार्वजनिक चासो बढाउन यसपालि नयाँ वर्षमा जिल्लाको भारतीय सीमावर्ती मटिहानीका युवाले यी ठाउँलाई रोजेका छन् ।

“नयाँ वर्षमा साथीहरुलाई चुरेका सोलीघोप्टे र गिद्धबाससहितका ठाउँको सामूहिक अवलोकन गराउँछौँ”, मटिहानी–८ का ३० वर्षीय इसराफुल राइन भन्नुहुन्छ, “यी ठाउँ मटिहानीका साथीहरुका लागि नौला हुनेछन् ।”

चुरे शृङ्खला र त्यसका आसपासका कैयन ठाउँ पौराणिक र ऐतिहासिक महत्वका छन् । यी ठाउँबारे युवामा चासो बढ्नु सकारात्मक भएको बर्दिबास–५ का वडाध्यक्ष काहारमान स्याङ्वा बताउनुहुन्छ । चुरे र यस आसपासका राइमण्डलधाम, पञ्चधुरा माईस्थान, कालापानी उद्यान, टुटेश्वरनाथ, पाषाण युगकालीन हतियार कारखाना र झ्याउरेभाङ्रे एवं छोड्केसहितका ठाउँ अध्ययनकर्ताका लागि विशेष हुनसक्ने स्याङ्वा बताउनुहुन्छ ।

“महोत्तरीको चुरे पर्वत श्रेणी र काछमा २० भन्दा बढी बस्ती छन्,” स्याङ्वा भन्नुहुन्छ, “युवाले आफ्नो ठाउँबारे दिएको चासोले हामी उत्साहित छौँ ।”

चुरे शृङ्खलाको पाहाडि थुम्कोमा अवस्थित टटेुश्वरनाथ महादेव मन्दिर ‘मधेसको कैलास’ र नेपालको ‘बाबाधाम’का नामले पनि चिनिन्छ । द्वापर युगमा वनबासमा रहेका पाण्डवले गुप्तबास सफलताका लागि यहीँ नै भगवान् शिवबाट वरदान पाएको बुढापाका बताउँछन् । बर्दिबास—३ को राइमण्डलधाम दानवले दुःख दिएपछि स्वर्गका राजा इन्द्रले तपस्या गरेर शिवजीलाई प्रसन्न गराएको ठाउँ भएको विश्वास गरिन्छ । यहाँ इन्द्रले नै स्थापना गरेको विश्वास गरिएको इन्द्रेश्वर शिवलिङ्ग छ । नजिकै पाषाण युगकालीन हतियार कारखानाको अवशेष फेला परेको छ । कारखानाबारे पुरातत्व विभागले थप खोजअनुसन्धान बढाएको बर्दिबास–३ का वडाध्यक्ष विराट विष्ट बताउनुहुन्छ ।

यसैगरी गिद्धबास र सिद्धगुफा पनि राइमण्डलधाममाथिको डाँडामा अवस्थित छ । यी ठाउँबारे विभिन्न अवसर पारेर अहिले अवलोकन गर्ने बढ्दै गएका उहाँको भनाइ छ । युवाको चासोमा चुरे क्षेत्र पर्नु यहाँका पर्यटकीय सम्भावनालाई पहिल्याउन र प्रवर्द्धन गर्न सहयोगी हुने देखिन्छ । चुरेकाछका पर्वतीय शृङ्खलाका फराकिला टार, सघन लताकुञ्ज र बुट्यान भएका फाँट पर्यटकीय गन्तव्य बन्ने सम्भावना छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ चैत्र २४,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ चैत्र २४,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद