Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home अन्तराष्ट्रिय

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले भारत भ्रमण गर्ने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र २२,बिहीबार
A A
file photo

file photo

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ढाका, चैत २२ गते । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले भारतको आसन्न लोकसभा चुनाव सम्पन्न भएपछि भारतको भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री हसिनाले चुनावपछि भारत भ्रमण गर्ने जानकारी बङ्गलादेशका विदेश मन्त्री हसन महमुदले बताउनुभएको छ । उहाँका अनुसार भ्रमणको आधिकारिक मिति भने अझै तय भइसकेको छैन ।

प्रधानमन्त्री हसिनाको भारत भ्रमण जुन महिनामा हुने भनी गरिएका अनुमानबिच यस्तो घोषणा आएको हो । बङ्गलादेशको पछिल्लो आमनिर्वाचनबाट प्रधानमन्त्रीमा नियुक्त भएपछि हसिनाको पहिलो औपचारिक विदेश यात्रा हुनेछ ।

भ्रमणले द्विपक्षीय सम्बन्धको सुदृढीकरणलाई जोड दिँदै व्यापार, सुरक्षा, क्षेत्रीय सहयोग लगायत विभिन्न पक्षमा सहकार्य गर्दै कूटनीतिक सम्बन्ध प्रगाढ बन्ने विश्वास लिइएको छ ।

बङ्गलादेश र भारतबिचको सम्बन्धको रणनीतिक महत्त्वलाई ध्यानमा राख्दै भ्रमणले आपसी हितका विभिन्न द्विपक्षीय तथा क्षेत्रीय मुद्दाहरूलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

भ्रमणको तयारीका बारेमा समाचार सार्वजनिक भएसँगै बङ्गलादेश र भारत बिचको साझेदारीमा प्रगतिशील आयाम थपिने विश्वास दुवै देशका शुभचिन्तकले व्यक्त गरेका छन् । राससरएएनआई

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० चैत्र २२,बिहीबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० चैत्र २२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद