Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

मकवानपुर प्रहरीले मनहरीबाट ८२ थान मोबाइलसहित चालक पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र २२,बिहीबार
A A
प्रहरीले बरामद गरेको भन्सार छलेर ल्याएका सामानहरू । तस्बिर – नेपाल प्रहरी

प्रहरीले बरामद गरेको भन्सार छलेर ल्याएका सामानहरू । तस्बिर – नेपाल प्रहरी

2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

हेटौँडा, चैत २२ गते । मकवानपुर प्रहरीले मनहरीबाट ठूलो परिणाममा भन्सार छलेर ल्याएको सामानसहित सवारी चालकलाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरको प्रहरी टोलीले पूर्व पश्चिम लोकमार्ग अन्तर्गत मनहरी गाउँपालिका वडा नं। ७ स्थित सडक खण्डमा सवारी साधनहरु जाँच गर्ने क्रममा बागमती बि एडी ४३७० नम्बरको गाडीबाट भन्सार छलेर ल्याएको ८२ थान मोबाइल, लत्ताकपडालगायतका सामग्रीहरू बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार मंगलबारराति लोथरबाट हेटौँडातर्फ आउँदै गरेको उक्त गाडीमा भन्सार छलेर बिलबिजक नभएका अवैध रूपमा ल्याइएको विभिन्न किसिमका साडी, कुर्था सुरुवाल, टी सर्ट, पाइन्ट, जुत्तालगायतका लत्ताकपडाहरू दुई हजार ७४४ थान बरामद भएको छ ।

यस्तै, विभिन्न कम्पनीका आई फोन, सामसुङग, भिभो, आईटेल, रेड्मीलगायतका ८२ थान मोबाइल र सवारी साधनसमेत बरामद गरिएको छ । लत्ताकपडा, मोबाइल र गाडीसहित ७७ लाख रुपियाँ बराबरको रहेको उहाँले जानकारी दिनुभयो । उक्त मालसमानहरुसहित गाडी चालक उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा नं। १३ का वर्ष २८ का राजकुमार चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको प्रहरीले जनाएको छ ।सभार –गोरखापत्र अनलाइन
यो समाचार पत्रकार राममणि दाहालले गोरखापत्र अनलाइन लेखनुभएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० चैत्र २२,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० चैत्र २२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद