Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home खेलकुद

मधेशका यू-१६ कप्तान चन्दनलाई विद्यालयले गयो अभिनन्दन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन १३,आईतवार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

बीरगन्ज, १३ माघ
भर्खरै सम्पन्न भएको १६ वर्ष मुनिको मनमोहन मेमोरियल टि २० कप क्रिकेटमा मधेश प्रदेशलाई उपाधि दिलाउन अहम योगदान दिएको टिमका कप्तान चन्दन रामले उनको विद्यालयले सम्मान गरेको छ । बीरगन्जस्थित वडा नं. १३ मा रहेको चन्दन अध्ययनरत (कक्षा १०) विद्यालय साउथ जोन माविले विद्यालयमा आयोजित कार्यक्रमका बीच प्रशंसा पत्र र नगदसहित सम्मान गरेको हो । विद्यालयका प्रधानाध्यापक सरोज प्रसाद चौधरीले चन्दनलाई प्रशंसा पत्र र नगदसहित गम्छा ओढाएर सम्मान गरे । सम्मान गर्दै प्रअ चौधरीले आफ्नो खेल प्रतिभाले साउथ जोन, पर्सा जिल्ला र मधेश प्रदेश कै नाम राख्न सफल भएकोमा बधाई दिदैं चन्दन खेल क्षेत्रमा उज्जवल भविष्यको कामना गरे । उनले भने, “चन्दनले हामी सम्पूर्णलाई गौरवान्वित बनाएको छ, साथै उनी विद्यालयका अन्य विद्यार्थीका लागि पनि प्रेरणाका स्रोत भएका छन्, यो निकै खुशीको कुरा हो ।”
यस्तै, चन्दन आबद्ध रहेको बीरगन्जस्थित ज्ञानदा एकेडेमी मातहतको नेशनल स्पोर्ट एकेडेमीले उनले गरेको अब्बल खेल प्रदर्शनले मधेश प्रदेशले जीत हासिल गरेको उपलक्ष्यमा केक काटेर खुशीयाली मनाएको छ । ज्ञानदा एकेडेमीका सिईओ राजेन्द्र कोइराला र एनएसएका प्रशिक्षक जहुर अन्सारीले चन्दनको अब्बल खेल प्रदर्शनका बधाई दिए । सो अवसरमा चन्दनका साउथ जोनका सहपाठीहरुले पनि उनलाई बधाई दिए र केट काटेर खुशीयाली साटासाट गरे ।
यसअघि, चन्दनलाई पर्साको धोविनीस्थित ब्लु हेभन एकेडेमीले पनि उनलाई सम्मान गरेको थियो । धोविनी गाउँपालिका निवासी चन्दनले गाउँपालिकावासी सहित खेल प्रदर्शनले सम्पूर्ण मधेश प्रदेशवासीलाई नै गौरवान्वित बनाएको भन्दै सम्मान गरेको विद्यालयका प्रधानाध्यापक सुदिल पटेलले बताए । चन्दनलाई विद्यालयले सम्मान पत्र र नगदसहित सम्मान गरेको थियो ।
भर्खरै सम्पन्न भएको १६ वर्ष मुनिको मनमोहन मेमोरियल टि २० कप क्रिकेटमा मधेश प्रदेश विजयी भएको थियो । मधेश प्रदेश जीत दिलाउन टिमको कप्तानी सम्हालेका कप्तान चन्दन राम, मेराज आलम र वासिम अली मन्सुरीले समान एक/एक विकेट लिएका थिए । फाइनलमा कप्तान चन्दनको उत्कृष्ट क्याचले टिमको जीत सुनिश्चित भएको थियो । प्रतियोगितामा उत्कृष्ट मधेश प्रदेशका चन्दन राम प्लेयर अफ दि सिरिज घोषित भएका थिए । उनले प्रतियोगितामा ८३ रनको व्यक्तिगत योगदान दिँदा १० विकेट लिएका थिए ।
यसअभि, चन्दनले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितमा एपीएफबाट नेशनल डेब्यु गरेका थिए । डेब्यु खेलमा एपीएफका लागि चन्दनले सनसनीपूर्ण ५ विकेट लिएर सबैलाई आफ्नो उच्च खेल प्रदर्शनले लोभ्याएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० फाल्गुन १३,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० फाल्गुन १३,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद