Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

महानगरपालिकाका लागि पर्याप्त बजेट दिन प्रधानमन्त्री प्रचण्डसँग मेयर सिंहको माग

by अनलाईन वीरगंज
प्रकाशित : २०८० माघ १५,सोमबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले संघीय सरकारले वीरगंजलाई उपेक्षा गरेको भन्दै प्रधानमन्त्रीसँग गुनासो गर्नु भएको छ ।
सोमबार वीरगंजमा प्रधानमन्त्री प्रचण्डसंग पर्सा–बाराका स्थानीय तहका प्रमुखहरुको संवाद कार्यक्रममा वीरगंज महानगरका मेयर सिंहले वीरगंजलाई आर्थिक नगरी भनेर चिनिने भए पनि यहाँको विकासका लागि संघ सरकारले बजेट दिन सँधै उपेक्षा गर्ने गरेको बताउनुभयो ।
उहाँले वीरगंज महानगरपालिका भए पनि महानगरको मापदण्ड अनुसारको न्यूनतम शहरी सुविधाबाट समेत बञ्चित रहेको पनि बताउनुभयो । प्रधानमन्त्री प्रचण्डलाई सुनाउँदै मेयर सिंहले भन्नुभयो, ‘वीरगंजसंग विभेद गरिदिनु भएन । भरतपुर, ललितपुर महानगरको जस्तै वीरगंजलाई पनि सरकारले हेरिदिन पर्यो ।’
उहाँले सर्वोच्च अदालतमा वर्षौदेखि अड्किएको वीरगंजको मुख्य सडक विस्तार सम्बन्धी मुद्धा छिट्टै टुङ्ग्याइ दिन पनि प्रधानमन्त्री प्रचण्डसंग आग्रह गर्नुभयो । ‘सर्वोच्चमा वीरगंजको मुख्य सडक विस्तारको मुद्धाको पेशी २३ औं पटक सरिसकेको छ । अब अर्को पेशी फागुनमा परेको छ । उक्त मुद्धाको किनारा लगाउन सरकारले पहल गरिदिनु पर्यो ।’ उहाँले भन्नुभयो ।
यस्तै देशकै दोश्रो ठूलो रंगशाला नारायणी रंगशालाको जीर्णोद्वार र विस्तारलाई राष्ट्रिय गौरबको योजनामा समावेश गरिदिन पनि प्रधानमन्त्री प्रचण्डसंग मेयर सिंहले माग गर्नुभयो ।

मेयर सिंहले वीरगंजका लागि केहि ठूला परियोजना सहितको योजना सरकारको आगामी नीति, कार्यक्रम तथा बजेटमा समावेश गर्न आग्रहसहितको पत्र पनि प्रधानमन्त्री प्रचण्डलाई बुझाउनुभएको छ । जसमा अबको १÷२ महिनामै फेरि वीरगंजमा चापकाल सुक्ने समस्या दोहोरिने सम्भावना भएकाले खानेपानी समस्या समाधानका लागि आवश्यक संख्यामा ओभरहेड ट्यांकी निर्माणका लागि आगामी बजेटमा ब्यवस्थापन गरिदिन माग गरिएको छ ।
यस्तै वीरगंज १७ र १९ मा अतिक्रमण मुक्त बनाइएको करीब ३५ बिघा जग्गामा पर्यटकीय स्थलका रुपमा आधुनीक ताल निर्माणको प्रकृया अगाडि बढाइएकाले त्यसका लागि आवश्यक बजेट विनियोजन गरिदिन पनि मेयर सिंहको आग्रह छ । यस्तै वीरगंजमा व्यवस्थीत ट्रान्सपोर्ट भिलेज, १३५ वर्ष पुरानो पुरातात्वीक तथा धार्मिक महत्व सहितको नृसिंह मन्दिर जिर्णोद्वार तथा सौन्दर्यकरण, घण्टाघर छेउको खाली जग्गामा पार्क निर्माण, सिर्सिया नदिको दुवैतर्फ तटबन्ध गरि १० किलोमिटरको कालोपत्रे सडक निर्माण, विन्दवासिनी मन्दिरको सौन्दर्यकरणका लागि आगामी नीति कार्यक्रममा बजेट विनियोजन गरिदिन आग्रह गर्नुभयो ।

मेयर सिंहको आग्रहसहितको पत्र बुझेपछि प्रधानमन्त्री प्रचण्डले वीरगंज महानगरका लागि मेयर सिंहले लिखित रुपमा पेश गरेका माग आगामी नीति कार्यक्रममा समेट्ने गरि बजेट व्यवस्थापन गर्ने आश्वासन दिनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय तहका मुद्धा र समस्या सम्बोधन गर्ने गरी नै नयाँ नीति, कार्यक्रम तथा बजेट सरकारले बनाउदैँछ ।’ त्यसैका लागि सरकारले अहिलेदेखि नै काम थालिसकेको पनि उहाँले जानकारी गराउनुभयो । तीन तहका सरकारबीच देखिको असन्तुलनलाई निराकरण हुने गरी नयाँ नीति, कार्यक्रम तथा बजेट ल्याउन सरकारले ध्यान केन्द्रित गरेको पनि उहाँले बताउनुभयो । उक्त संवाद कार्यक्रममा पर्साका १४ र बाराका १६ पालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी, सुरक्षा निकायका प्रमुख लगायतको सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० माघ १५,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० माघ १५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद