Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मानव बेचविखन विरुद्ध काम गर्न कानूनी अडचन फुकाउन सरोकारवालाको आग्रह

by अनलाईन वीरगंज
प्रकाशित : २०८० मंसिर २९,शुक्रबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । मानव बेचबिखन विरुद्ध काम गर्दा कानूनी अडचनहरुले समस्यामा पार्ने गरेको सरोकारवालाले बताएका छन् । वीरगञ्जको कुमु होटलमा शुक्रबार आयोजित मानव बेचबिखन नियन्त्रणका लागि सिमानाका सरोकारवालासँगको अन्र्तक्रियामा बोल्ने वक्ताहरुले त्यस्तो बताएका हुन् ।

नेपाल र भारत दुवै तर्फका सरोकारवालाले कतिपय कामका लागि कानूनी बाटो अवरोधको रुपमा रहेको बताए । त्यसका लागि मन्त्री स्तरीय छलफल गरेर आपसी सहमतिहरु गर्नुपर्नेमा उनीहरुको जोड छ । मानव बेचबिखन नियन्त्रण गर्न एकीकृत एसओपीको आवश्यकता रहेको उनीहरुको भनाई छ ।उनीहरुले दुवै देशका सरोकारवाला मन्त्री तथा माथिल्लो तहका अधिकारी बसेर समस्याको समाधान गर्न आग्रह गरे ।

भारतमा कुनै बेचबिखनको जोखिममा परेका नेपाली बालबालिका वा मानिस भेटिएको खण्डमा नेपालमा बुझाउने प्रक्रिया झन्झटिलो रहेको गुनासो भारतीय पक्षले गरेका छन् ।

भारतमा कुनै जोखिममा परेका बालबालिका भेटिन्छ भने भारतीय प्रहरी, एसएसबी मार्फत अदालतमा पेश गरिन्छ । अदालतले संरक्षणमा राख्न सिडब्लुसी ९बाल कल्याण समिति०लाई आदेश दिन्छ । त्यसपछि संरक्षण गृहमा राखिन्छ । त्यसपछि मात्रै नेपाल पठाउने प्रक्रिया शुरु हुन्छ । भारतीय प्रहरीले मानव बेचबिखन विरुद्ध काम गर्दै आएका संस्थाहरुसँगको समन्वयमा नेपालतर्फ उनीहरुको घर ठेगाना बुझ्न लगाउँछ । घर ठेगाना पत्ता लागेपछि स्थानीय सरकारको सिफारिसमा संघ संस्थासँगको समन्वयमा बालबालिकालाई नेपाल पठाइन्छ । नेपालका संघ संस्थाले समन्वय गरेर अभिभावकको जिम्मा लगाउने तथा संरक्षणमा राख्ने गर्दछन् । नेपाल तर्फ बाल कल्याण समिति स्थानीय निकायमा गएको र राम्रोसँग सञ्चालनमा नआएकोले गर्दा समस्या भईरहेको उनीहरुको गुनासो छ ।

मनोसामाजिक परामर्शकर्ता रञ्जु भण्डारीले अभिभावकले स्विकार्न नसक्दा बालबालिकाको उद्दार गरेपनि पूर्नस्थापना गर्न समस्या रहेको बताइन् ।

एन्टी ह्युम्यान ट्राफिकिङ युनिट रक्सौलका प्रहरी निरीक्षक मनोज कुमार शर्माले सामाजिक सञ्जालको दुरुपयोग गरेर बालबालिका भारतमा लगेर बेच्ने क्रमले निरन्तरता पाइरहेको बताए । गरिबको मात्रै नभएर धनीका बालबालिका तथा किशोरीहरु पनि बेचबिखनमा परेको उनको भनाई छ ।

‘काठमाडौं हुँदै मानिसलाई लगेर भारत लगेर बेचिन्छ कसरी रु सचेतना जरुरी छ ।’ उनले भने ‘ विद्यालय स्तरमा सचेतनासँगै सूचनाको स्रोत बढाउनु आवश्यक छ । ’

रक्सौल स्थित डंकन अस्पतालका समिर डिगलले सिस्टममा सुधार गर्न आवश्यक रहेको बताए । ‘समस्या आउँदा हामीले माथिल्लो निकायलाई कुर्दैनौं । तर दुई देशको माथिल्लो निकाय मिलेर कतिपय समस्या समाधान गर्नुपर्नेछ ।’ उनले भने ।

महिला तथा बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समूह नेपाल ९एटविन०को अध्यक्ष तारा भण्डारी सबै सरोकारवाला मिलेर मानव बेचबिखन नियन्त्रण गर्नुपर्ने बताइन् ।

युनिसेफ नेपाल जनकपुरका प्रमुख कामदेव खनालले पालिकामा रहेका बाल कल्याण अधिकारी सक्रिय हुन सके धेरै समस्या समाधान हुने बताए ।

युनिसेफकै बाल संरक्षण अधिकृत राम प्रसाद गौतमले मानब बेचबिखन नियन्त्रण ऐन लगायत नेपालमा नीतिगत व्यवस्था राम्रो रहेको बताए । उनले एसओपी बनाउने प्रयास पनि भईरहेको बताए ।

‘ सूचना आदान प्रदान गर्ने संयन्त्र बनाउनुपर्छ, क्षमता विकासका कामहरु प्नि गर्नुपर्छ ।’ उनले भने ‘ स्थानीय सरकार जिम्मेवार हुँदा मानव बेचबिखन विरुद्धको काममा धेरै सहज हुन्छ ।’

सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले विभिन्न संघसंस्था र निकायको संयुक्त प्रयासले मात्रै मानव बेचबिखन जस्तो जघन्य अपराधलाई नियन्त्रण गर्न सकिने बताए ।

संरक्षण नेपालको बबिता जयसवालले स्थानीय सरकारले मानव बेचबिखन विरुद्ध कसरी काम गर्छ, बालबालिकाको सुरक्षामा कसरी अघि बढ्छ त्यो महत्वपूर्ण हुने बताइन् । स्थानीय सरकारसँग समन्वयको दायरा बढाएर बाल संरक्षण र मानव बेचबिखन नियन्त्रणमा काम गर्न आवश्यक रहेको उनको भनाई छ ।

युनिसेफ नेपाल र महिला तथा बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समूह नेपाल ९एटविन० सँगको सहकार्यमा संरक्षण नेपाल बाराले अन्र्तक्रियाको आयोजना गरेको थियो । कार्यक्रममा संरक्षण नेपालका लालबाबु कुशवाहाले संस्थाले हाँसिल गरेको उपलब्धी र चुनौतीका बारेमा प्रस्तुती दिएका थिए । संरक्षण नेपालले बारामा बालबालिकाको आपतकालिन उद्धार, राहत, संरक्षण तथा परामर्श सेवाका लागि हेल्प लाइन सेवा सञ्चालन गर्दै आएको छ । पैसा नलाग्ने फोन नं १०९८ मार्फत हेल्पलाइनमा सम्पर्क गर्न सकिन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० मंसिर २९,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० मंसिर २९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद