वीरगञ्ज, ६ असोज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले महानगरलाई हरियाली बनाउन चोकचोक र खाली स्थानमा वृक्षारोपण गर्न सबै सँग आग्रह गर्नुभएको छ ।
‘सफा वीरगञ्ज, स्वच्छ वीरगंज’ बनाउने अभियानमा लागि परेको भन्दै उहाँले महानगरले समेत अहिले वृक्षा रोपणलाई तिब्रता दिएको र यसमा सबै क्षेत्रले साथ र सहयोग गर्नु पर्नेमा जोड दिनुभयो ।
एलाइड युथ सोसाइटी र पहिलो पाइला नेपालको संयुक्त आयोजनामा रजत जयन्ती चोकमा आयोजित वृक्षारोपण कार्यक्रममा सहभागि हुँदै उहाँले युवाहरु जस्तै सबै क्षेत्रको साथ भए वीरगञ्जलाई वैभव बनाउन समय नलाग्ने बताउनुभयो ।
कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति डा.दिपक शाक्य, ससस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र सिंह, विभिन्न संघसस्थाका प्रतिनिधि, एलाइड युथ सोसाइटीका अध्यक्ष ओमकुमार झा, पहिलो पाइला नेपालका उपाध्यक्ष राज साह लगायतको सक्रिय सहभागिता रहेको थियो ।



