काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ६ सय र तेजावी सुन प्रतितोला १ लाख दश हजार ५० रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय २५ रुपियाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस



