Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज भन्सारमा सशस्त्र प्रहरीले बुझायो २४ करोडको सामान

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण ३१,बुधबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । सशस्त्र प्रहरीले आर्थिक वर्ष २०७९/८० मा पर्साको विभिन्न स्थानबाट रु २४ करोडभन्दा बढी मूल्य बराबरको सामान पक्राउ गरी भन्सारमा बुझाएको छ । सशस्त्र प्रहरीको टोलीले आर्थिक वर्ष २०७९/८० को साउनदेखि असार मसान्तसम्म वीरगञ्जसहित पर्साको विभिन्न नाकाबाट रु २४ करोड २८ लाख ८० हजार नौ सय ३१ मूल्य बराबरको अवैध सामान नियन्त्रणमा लिई कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वार्टर पर्साका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहका अनुसार सो आवमा सशस्त्र प्रहरीले लत्ताकपडा, हार्डवेयर, किराना सामान, कुखुरा तथा मासुजन्य पदार्थ, सुनचाँदीलगायतका अवैध सामान पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको हो ।

उक्त आवमा रु १८ लाख ४८ हजार नौ सय ६० मूल्य बराबरको कुखुरा, कुखुराको मासु, माछा, रु ५९ लाख ७४ हजार चार सय ७० बराबरको पशुचौपाया, रु तीन लाख २० हजार एक सय ४० को मदिरा, रु चार लाख १८ हजार नौ सय ८० को सुर्ती, रु चार लाख १९ हजार ६७ को पटका, रु ३७ लाख २१ हजार पाँच सय ९६ को हुन्डीको कारोबार गर्ने नगद रुपैयाँ, रु एक लाख ७५ हजार ७२ को सुन तथा चाँदी, रु १२ करोड ६५ लाख १० हजार तीन सय ११ बराबरको लत्ताकपडा, किराना, हार्डवेयर र इलेक्ट्रोनिक्सलगायत सामान पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताए ।

यसैगरी ६ वटा अटो, एउटा स्कारपियो, एउटा सुजुकी कार, एउटा पिकअप, चार वटा कार, एउटा टाटासुमो र ५९ वटा मोटरसाइकल गरी रु नौ करोड ८४ लाख ५३ हजार चार सय बराबरको सवारीसाधन समेत पक्राउ गरी भन्सारमा बुझाइएको उनको भनाइ छ ।

यसबाहेक रु ५० लाख ३८ हजार सात सय ३५ बराबरको एक हजार तीन सय ५९ दशमलव सात क्युफिट अवैध काठसमेत नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । यसैगरी बिलबिजकभन्दा फरक एवं बढी माल सामान भएको तथा प्रज्ञापनपत्रबिना सामान ढुवानी गरी राजस्व छलीमा संलग्न रहेको ३६ ट्रक, दुई पिकअप, दुई बोलेरो र चार वटा ट्र्याक्टरलगायतका सवारीसाधन पनि पक्राउ गरी भन्सारमा बुझाइएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल तथा तीअन्तर्गतका युनिटबाट आव २०७९/८० मा आठ सय ४५ दशमलव ८५ किलो गाँजा, ७६ बोटल विन्करेक्स, ३० दशमलव आठ सय १० किलोग्राम चरेसलगायतका लागुऔषधसहित २० मोटरसाइकल, दुई ट्रक र एक बस तथा ४० जनालाई नियन्त्रणमा लिइ कारबाहीका लागि नेपाल प्रहरीमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताए । सभार : रातोपाटी

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बारा–कलैयामा सार्वजनिक जग्गा अतिक्रमण हटाउन ३५ दिने अल्टिमेटम
मुख्य समाचार

बारा–कलैयामा सार्वजनिक जग्गा अतिक्रमण हटाउन ३५ दिने अल्टिमेटम

प्रकाशित : २०८० श्रावण ३१,बुधबार
वीरगन्ज चिनी कारखाना ‘हत्या’ भएको आरोप, दोषी पहिचान र सुधारका लागि अन्सारीको कडा माग
आर्थिक

वीरगन्ज चिनी कारखाना ‘हत्या’ भएको आरोप, दोषी पहिचान र सुधारका लागि अन्सारीको कडा माग

प्रकाशित : २०८० श्रावण ३१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद