Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको विभिन्न स्थानमा अत्याधुनिक क्यामेरा जडान, वीरगञ्जको शान्ति सुरक्षा मजबुत हुने विश्वास

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण ३१,बुधबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ३१ साउन । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बैभव बीरगंजको अभियानलाई साकार तुल्याउन सुरक्षित वीरगंज बनाउनु पर्ने कुरामा जोड दिनु भएको छ ।

वीरगञ्ज महानगरपालिकाको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्साको कन्ट्रोल रुपमा जडान गरिएको प्यानल सहितको अत्याधुनिक सिसिटिवी क्यामरा राडर मोनिटरीङ्ग सिस्टमको उद्घाटन गर्दै नगर प्रमुख सिंहले अत्याधुनिक क्यामराको जडानसँगै अब वीरगंजको सुरक्षामा समेत थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

नगर क्षेत्रमा हुने दुर्घटना तथा चोरीका घटना न्युनिकरणमा यसले महत्वपूर्ण भूमिका खेल्ने बताउदै नगर प्रमुख सिंहले विकास निर्माण, नगरको सौन्दर्यकरण, सरसफाई सँगै नगरवासीको सुरक्षालाई समेत महानगरले प्राथमिकताका साथ ठोस कार्यक्रम सहित अगाडी बढाई रहेको बताउनु भयो ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पर्सा प्रहरीको कन्ट्रोल रुपमा जडान गरिएको अत्याधुनिक सिसिटिवी क्यामराको मोनिटरिङ्ग सिस्टमले अपराध तथा दुर्घटनाका घटना तत्काल पत्ता लगाउन तथा दोषीलाई पक्राउ गर्न सहज भएको बताउनु भयो ।

वीरगञ्ज महानगरपालिकाको २७ लाखको लागतमा पर्सा प्रहरीको कन्ट्रोल रुममा राडर सहितको क्यामरा जडान गरिएको हो ।

सो क्यामराबाट नगर क्षेत्रमा हुने दुर्घटना, चोरीका घटना तथा सुरक्षाका विविध गतिविधिलाई नियाल्न सहज हुने र तिव्रगतिमा गुडने सवारी साधनहरुलाई समेत कारवाही गर्न सहज हुने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताउनु भयो ।

वीरगञ्ज प्रवेश गर्ने तथा बाहिरिने चोक एवं व्यस्त बजार क्षेत्रका विभिन्न स्थानमा क्यामरा जडान गरिएको र हिट एण्ड रनको अवधारणा अनुसार घटना स्थलमा तत्काल प्रहरी पुग्न समेत सहज हुने प्रहरी उपरीक्षक शाहले बताउनु भयो ।

यसैविच आज एक कार्यक्रमका विच वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गण्डक चोकको शहिद तेज बहादुर अमात्यको शालिक राखिएको स्थानमा नयाँ राष्ट्रिय झण्डाको झण्डोत्तोलन समेत गर्नु भएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, प्रहरी उपरीक्षक कोमल शाह, ससस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० श्रावण ३१,बुधबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० श्रावण ३१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद