Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्जमा पहिलो पटक आयोजित राष्ट्रिय स्तरको युवा सम्मेलन सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण २८,आईतवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्जमा पहिलो पटक आयोजित राष्ट्रिय स्तरको युवा सम्मेलन सम्पन्न भएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र नेपाल युवा उद्यमी मञ्च (एनवाइईएफ) वीरगञ्जले संयुक्त रूपमा नगरमै पहिलो पटक आयोजना गरेको एक दिने राष्ट्रिय स्तरको युवा सम्मेलन “वीरगञ्ज यूथ सम्मिट एन्ड अवार्ड्स – २०२३” शनिबार सम्पन्न भएको हो ।

विभिन्न पृष्ठभूमि र विचारका युवाहरूलाई एक मञ्चमा ल्याएर उनीहरूको साझा विचार राख्न र समसामयिक विषयमाथि छलफल तथा उठान गर्ने उद्देश्यका साथ आयोजित वीरगञ्ज यूथ सम्मिट सफलतापूर्वक सम्पन्न भएको एनवाइईएफ वीरगञ्जका अध्यक्ष सन्दीप अग्रवालले बताए ।

कार्यक्रममा नेपालका युवाले वर्तमान अवस्था भोगिरहेका समस्या र त्यसको दीर्घकालीन समाधानका बारेमा छलफल गरिएको अध्यक्ष सन्दीपले बताए । ‘यूथ सम्मिटका क्रममा भएका विभिन्न कार्यक्रमहरू मार्फत उपस्थित तिन सय भन्दा बढी युवाहरूले सक्रिय सहभागिता जनाउँदै आफ्नो जिज्ञासा, आकाङ्क्षा र नवीनतम विचार राख्दै समस्याहरूको दीर्घकालीन समाधानका बारेमा छलफल गरेका थिए,’ उनले भने ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंहले वीरगञ्जलाई एउटा विकसितसँगै स्वच्छ, सुन्दर र आकर्षक नगरी युवाहरूको साथ अपरिहार्य रहेको बताए । महानगरको मेयरमा आफूलाई निर्वाचित गराउन युवाहरूले ठूलो भूमिका खलेको बताउँदै उनले वीरगञ्जका युवाहरूका लागि आफूले पनि धेरै थोक गर्न खोजिरहेको बताए ।

कार्यक्रममा प्रमुख वक्ताका रूपमा आएकी सफल अन्तराष्ट्रिय व्यावसायिक प्रशिक्षक र प्रेरक वक्ता मान्सी अग्रवालले भविष्यका लागि आवश्यक सिपका बारेमा चर्चा गरेकी थिइन् । वक्ता मान्सीले युवाहरूको लागि वर्षमा एक दिन छुट्याएर नहुने बताउँदै आगामी १५ वर्षसम्म प्रत्येक दिनलाई युवा दिवसका रूपमा मनाउनु पर्ने बताइन । ‘मलाई युवा दिवससँग समस्या छ । देशको आधाभन्दा बढी जनसङ्ख्या युवाहरूको भएपनि उनीहरूको सफलताको उत्सव मनाउन जम्मा एक दिन पर्याप्त छैन,’ उनले भनिन्, ‘एक हप्ता, एक महिना र एक वर्ष पनि पर्याप्त छैन । आउने १५ वर्ष युवाहरूको हो । त्यसैले प्रत्येक दिनलाई युवा दिवसका रूपमा मनाउनु पर्छ ।’ उनले वर्तमान समय जस्तो भविष्यमा म्यानुवल नभएर सबै काम स्वचालित किसिमले हुने बताउँदै सोही अनुरूप युवाहरूले सिप सिक्न आवश्यक रहेको बताइन ।

त्यस्तै सम्मिटमा ‘परिवर्तन र नवप्रवर्तनमा युवा संलग्नता’ विषयमा प्यानल छलफल पनि गरिएको थियो । जहाँ प्रतिनिधिसभा सदस्य विना जयसवाल, शिक्षाविद् विनोद गुप्ता, एनवाइईएफकी राष्ट्रिय अध्यक्ष (एनजीसी अध्यक्ष) सहारा जोशी, वीरगञ्ज उद्योग वाणिज्य सङ्घको तालिम केन्द्रका संयोजक अनुप अग्रवाल र एनवाइईएफ वीरगञ्जका अध्यक्ष सन्दीप अग्रवालले उद्यम र व्यसाय गर्दा युवाहरूले भोगिरहेको समस्याका बारेमा छलफल गरेका । वरिष्ठ आर्थिक पत्रकार ओमप्रकाश खनालले सहजीकरण गरेको प्यानल छलफलमा उनीहरूले सरकारकी नीति, अस्थिर राजनीत र बैंक ब्याज लगयातका कारण नेपालमा उद्यमशिलता विकास हुन् नसकेको बताए । सङ्घीय संसद्मा पनि युवाहरूको सहभागिता न्यून रहेकोले उद्यमशीलता र युवाका समस्याहरू राम्रोसँग उठान नहुन सकेको उनीहरूको भनाई थियो ।

कार्यक्रममा सफल उद्यमी र नवीनतम सोचका साथ फरक किसिमको व्यवसायको थालनी गरेकाहरूलाई सम्मानित पनि गरिएको थियो । सम्मानित हुनेमा एक सय वर्षभन्दा पनि बढी समयदेखि वीरगञ्जमा नास्ता र खाजा पसल सञ्चालन गरिरहेका हँसुवा नास्ता पसल, विवाह तथा वर्तबन्धमा बाजागाजा बजाउने झूमक ब्याण्ड र चाट पसल मार्फत एउटा सफल व्यवसाय स्थापना गरेका शङ्कर चाट हाउसदेखि चिया पसल मार्फत वीरगञ्जलाई एउटा पहिचान दिलाएका बब्लु टी स्टलसम्मलाई सम्मानित गरिएको थियो । उनीहरूलाई ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्डबाट सम्मानित गरिएको एनवाइईएफका अध्यक्ष सन्दीप अग्रवालले जानकारी दिए ।

त्यस्तै नवीनतम सोचका साथ नयाँ उद्यम स्थापना गरेका थ्रिल फ्याक्ट्री, स्पोर्ट्स हाउस नेपाल, वर्ल्ड अफ वन्ड्रस, त्रिसाला रेस्टुराँ, वान ११ र माल्ट रेस्टुराँलाई ‘डेयर टू डू’ अवार्डबाट सम्मानित गरिएको सन्दीपले बताए । त्यसैगरी स्टार्टअप एण्ड इनोभेसन अवार्डबाट वीरगञ्जमा सञ्चालित इन्द्री ग्रूप प्रालिलगायत सम्मानित भएका थिए । त्यसैगरी सामाजिक सेवातर्फ मानव सेवा आश्रम, राउण्ड टेबल नेपाल, रोटरी क्लव अफ नेपाल वीरगञ्ज, रक्तदाता योगेश खनालले अवार्ड पाएका थिए ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष मनोजकुमार दासको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोककुमार टेमानी, निवर्तमान अध्यक्ष गणेश प्रसाद लाठ, मधेस विश्वविद्यालयका उपकूलपति प्रा. डा. दीपक शाक्य लगायतको पनि उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० श्रावण २८,आईतवार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० श्रावण २८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद