Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

ठाकुरराम क्याम्पसलाई व्यवस्थित बनाउन महानगर तयार छ : मेयर सिंह 

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण २४,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २४ साउन । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले यहाँ स्थित ठाकुरराम बहुमुखी क्याम्पसलाई यस क्षेत्रकै गौरबको रुपमा कायम राखिरहन सरोकारवाला सबै एक हुनु पर्ने बताउनुभएको छ ।

बुधबार बिहान क्याम्पसले आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा मेयर सिंहले क्याम्पसको गौरबलाई यथावत राख्न पठन पाठनलाई स्तरीय बनाउन जरुरी रहेको बताउनुभयो ।

क्याम्पसको भौतिक संरचना मर्मत तथा निर्माणका लागि महानगर लगानी गर्न तयार रहेको भन्दै उहाँले त्यसका लागि क्याम्पस प्रशासनले आवश्यक योजना ल्याउन आग्रह गर्नुभयो ।

‘महानगर लगानी गर्न तयार छ, तर त्यसको सदुपयोग हुनु पर्यो,’ उहाँले भन्नुभयो, ‘निर्माण गरिएका संरचना दुरुपयोग हुने, तोडफोड हुने जस्ता अराजनीतिक व्यवहार हुँदैन भन्ने ठोस प्रतिबद्धता ल्याउनुस् महानगर सँधै तयार छ ।’

कार्यक्रममा नवनियुक्त क्याम्पस प्रमुख रञ्जित प्रसाद यादबले आफूहरु क्याम्पसको शैक्षिक वातावरण चुस्त बनाउन लागिरहेको भन्दै त्यसका लागि महानगरको साथ अपरिहार्य रहेको बताउनुभयो ।

उहाँले क्याम्पसका सबै प्राध्यापकहरु एक जुट भएर यहाँको शैक्षिक वातावरण सुधार्न प्रतिबद्ध रहेको भन्दै त्यसका लागि यहाँ अध्ययन गर्ने विद्यार्थी एवं सबै राजनीतिक दल तथा सरोकारवालाहरुको सकारात्मक साथ खोजेको बताउनुभयो ।

पूर्व क्याम्पस प्रमुख ललन द्विवेदीले ६० वर्ष भन्दा पुरानो विल्डिङमा अहिले क्याम्पस चलिरहेको भन्दै संरचना निर्माणमा केन्द्रबाट सहयोग हुने नदेखिएकाले महानगरको साथ खोज्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘वीरगञ्जलाई नै सफा सुन्दर बनाउने अभियानमा मेयर हिँडिरहनु भएकाले वीरगञ्जकै अधिकांस विद्यार्थीले अध्ययन गर्ने थलो र यहाँले नै पहिले अध्ययन गर्नुभएको धरोहरलाई विशेष ध्यान दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।’

कार्यक्रममा सहायक क्याम्पस प्रमुख, अनिल रमण, बिनोद प्रसाद साह, गीता श्रेष्ठ, प्रध्यापक संघका डा.प्रमोद कुमार कुशवाहा, कर्मचारी संघका किशोरी चौधरी लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगन्ज–१८ मा राजनीतिक तरंग : वडाध्यक्ष तिवारीसहित जनप्रतिनिधि एमालेमा समाहित
मुख्य समाचार

वीरगन्ज–१८ मा राजनीतिक तरंग : वडाध्यक्ष तिवारीसहित जनप्रतिनिधि एमालेमा समाहित

प्रकाशित : २०८० श्रावण २४,बुधबार
४ सयभन्दा बढी जेन्जी युवा रास्वपामा प्रवेश
मुख्य समाचार

४ सयभन्दा बढी जेन्जी युवा रास्वपामा प्रवेश

प्रकाशित : २०८० श्रावण २४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद