Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

ठाकुरराम क्याम्पसको परिक्षाकेन्द्र फिर्ता ल्याउन संयुक्त पहल गर्ने सर्वपक्षीय बैठकको निर्णय

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ३०,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको परिक्षा केन्द्र अन्य जिल्लामा सारिएको विषयलाई लिएर उत्पन्न समस्याका बारेमा शनिबार सर्वपक्षीय बैठक बसेर छलफल गरिएको छछ ।

वीरगन्जको होटल मकालुमा बसेको सर्वपक्षीय बैठकले परिक्षा केन्द्र अन्य जिल्लामा सारिएको विषयलाई लिएर ठाकुरराम बहुमुखी क्याम्पसमा देखिएको समस्या सामधानका लागि संयुक्त पहल गर्ने निर्णय गरेकोे छ । बैठकले त्रिभुवन विश्वविद्यालयले अन्य जिल्लामा सारेको परिक्षा केन्द्र पुन ठाकुराम बहुमुखी क्याम्पसमै फिर्ता ल्याउन त्रिभुवन विश्वविद्यालयका केन्द्रिय प्रतिनिधीसंग छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय गरेको बैठकमा सहभागी ठाकुरराम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रणजीत प्रसाद यादवले जानकारी दिए ।

त्यसअघि बैठकमा भएको छलफलका क्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीले नेपालकै शैक्षिक धरोहरका रुपमा रहेको ठाकुरराम बहुमुखी क्याम्पसको परिक्षा केन्द्र अन्यत्र सारेर त्रिभुवन विश्वविद्यालयले हेपाहा प्रवृति देखाएको बताए । उनले कुनै एउटा कालखण्डमा भएको घटनालाई ननजीरु बनाएर ठाकुरराम क्याम्पसको परिक्षा केन्द्र अन्यत्र सार्नु खेदजनक भएको टिप्पणी गरे ।

बैठकमा नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष बालगोपाल थापाले स्नातकोत्तर तहकोे परिक्षा ठाकुरराम क्याम्पसमै हुने तर अन्य तहको परिक्षा अरु जिल्लाको क्याम्पसमा तोक्ने त्रिभुवन विश्वविद्यालयको कदम गलत भएको बताए । उनले परिक्षा केन्द्र अन्य जिल्लामा सारेर त्रिभुवन विश्वविद्यालयले पर्साका राजनीतिक दलहरुलाई हेपेको पुष्टि भएको बतााए ।

बैठकमै सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपालका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवले पनि त्रिभुवन विश्वविद्यालयले ठाकुरराम क्याम्पस र यहा अध्यननरत विधार्थीसंग विभेद गरेको बताए । त्यसका विरुद्धमा जिल्लास्थित राजनीतिक दलहरु एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्श्यकता भएको उनले औंल्याए ।

बैठकमा नेकपा एमालेका जिल्ला संयोजक डाक्टर विश्वम्भर शर्मा , लोसपाका नेता निजामुदिन समानी ,जसपाका जिल्ला सचिव तबरेज अहमद, नागरिक उन्मुक्ति पार्टीका जिल्ला सहसचिव अमित गौरो, राप्रपाका जिल्ला सचिव पन्नालाल पटेल , ठाकुरराम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रणजीत प्रसाद यादव , सहायक क्याम्पस प्रमुख अनिल कुमार रमण लगायतकोपनि सहभागीता थियो ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बहुदरमाई–४ मा कांग्रेस कार्यकर्ता भेला लोकतन्त्र, विकास र स्थायित्वका लागि कांग्रेसको जित आवश्यक : उम्मेदवार चौरसिया
मुख्य समाचार

बहुदरमाई–४ मा कांग्रेस कार्यकर्ता भेला लोकतन्त्र, विकास र स्थायित्वका लागि कांग्रेसको जित आवश्यक : उम्मेदवार चौरसिया

प्रकाशित : २०८० असार ३०,शनिबार
वीरगन्ज–१२ मा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न
मुख्य समाचार

वीरगन्ज–१२ मा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

प्रकाशित : २०८० असार ३०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद