Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

भारतबाट कोइला बोकेको रेल पहिलो पटक वीरगञ्ज आइपुग्यो

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १७,आईतवार
A A
file photo

file photo

2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,१७ असार । पहिलो पटक कोइला बोकेर कोर्गो रेल नेपाल प्रवेश गरेको छ । ३६ लाख किलो कोइला बोकेको इण्डियन रेल वेको रेल शनिबार राति १० बजे वीरगन्ज स्थित सिर्सिया सुख्खा बन्दरगाहस्थित यार्डमा आइपुगेको हो ।

लतिका कमोडिटी सप्लाइज प्रालिले भारतबाट खरिद गरेको कोइला वीरगन्ज आइपुगेको हो । नेपाली भन्सारको यार्डमै कोइला आइपुगेपछि अब नेपाली व्यवसायीहरु कोइला चोरी हुने समस्याबाट मुक्त भएका छन् भने कोइलाको क्षतिमा असुल नहुने बीमाको जोखिम समेत टर्नेछ ।

शुक्रबार बिहान भारतको पश्चिम बंगालस्थित रानीगञ्जबाट हिंडेको कार्गो रेल शनिबार राति सुख्खा बन्दरगाह छिरेको थियो । अहिले उक्त कार्गो रेलको अनलोड चलिरहेको छ । यस अघि रक्सौलसम्म मात्रै आइपुग्ने डस्टी कार्गो रेल नेपाल छिर्दा व्यवसायीहरुले ठूलो राहत महसुस गरेको कोइला आयातकर्ता व्यवसायी फुलकुमार लालवानीले बताए ।

‘रक्सौलमा कोइला झार्दा चोरी र असुरक्षा थियो, अब आफ्नै भन्सार यार्डमा कोइला झ¥यो,’ उनले भने, ‘अब कोइलाको बीमा पनि सुनिश्चित भयो भने लागत पनि कम भयो ।’

रक्सौलसम्म आउने रेलललाई पूर्वाधार बनाएर आफ्नै पोर्टसम्म ल्याउन एक वर्षदेखि थालेको पहल अहिले पूरा भएको सुख्खा बन्दरगाह पूर्वाधार निर्माणकर्ता इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

लामो प्रयासपछि गत असोजमा सम्पन्न भएको पूर्वाधारले पहिलो पटक कार्गो रेल नेपाल छिर्ने अवस्था बनेको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।

‘नेपालको पोर्टले आयात निर्यातको सबै काम गर्न सक्षम हुनुपर्छ भनेर हामीले गरेको पहल सफल भएको छ,’ उनले भने, ‘यसका लागि हामीले नेपाली बन्दरगाहमा पूर्वाधार बनाउनुका साथै रेलको लिग संरचना नै बदलेका थियौं ।’

वीरगञ्ज आएको रेलले डस्टी कार्गो आयात गर्दा भारतीय भूमीमा पल्टी गर्ने बाध्यता हटेको र व्यवसायीको लागतमा पनि ठूलो राहत मिल्ने विश्वास समितिको छ ।साभार : अनलाइनखबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० असार १७,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० असार १७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद