Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा राष्ट्रिय निकुञ्जभित्रका वन्यजन्तुहरूलाई टंयाकरमा पानी ओसारेर खुवाइँदै

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ८,शुक्रबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुहरूका लागि पानीको समस्या देखिएको छ । लगातारको सुख्खा मौसमका कारण निकुञ्ज भित्र रहेका अधिकांश पानीका स्रोतहरू सुकेपछि वन्यजन्तुहरूलाई पिउने पानीको समस्या भएको हो ।

घाँसे मैदान र आहारा प्रजातिको वन्यजन्तुहरूको सङ्ख्या बढ्दै जाँदा निकुञ्जले वन्यजन्तुहरूका लागि पछिल्लो २ सातादेखि टंयाकरमा पानी ओसारेर पोखरीहरूमा राख्दै आएको छ । निकुञ्जभित्र प्राकृतिक तथा मानव निर्मित गरी ६ दर्जन बढी पोखरीहरू छन् । तर, अहिले सिमसार क्षेत्रका रहेका बाहेकका पोखरीहरू सुकेको निकुञ्जले जनाएको छ ।

सामान्यतया बर्सेनि पुसदेखि वैशाखसम्म निकुञ्जभित्र पानीको अभाव हुन्छ । तर,यस वर्ष लगातारको सुख्खा मौसम, वन डढेलो र असार पहिलो साता वितिसकदासम्म वर्षा नहुँदा समस्या देखिएको हो । ‘यो वर्ष हामीलाई पानीको धेरै हाहाकार भइरहेको छ, विगतका वर्षहरूमा वैशाखसम्म समस्या हुन्थ्यो अहिले असारसम्म ट्ंयाकरबाट पानी ओसारेर वन्यजन्तुले पानी खाने पोखरीहरूमा पुर्याईरहेका छौ’ प्रमुख संरक्षण अधिकृत अशोक रामले भने ।

बारा,पर्सा र मकवानपुर गरी ३ जिल्ला ओगटेको पर्सा राष्ट्रिय निकुञ्ज चुरे क्षेत्रको तल्लो तटीय भागमा पर्दछ । चुरेको माथिल्लो भेगमा जथाभाबी उत्खनन, मध्यवर्ती क्षेत्रभित्र मापदण्ड मिचेर दर्जनौँ क्रसर तथा बालुवा उद्योगहरू सञ्चालनमा रहेका कारण निकुञ्जभित्र प्राकृतिक पानीका स्रोतहरू बर्सेनि सुक्दै गएका हुन् । निकुञ्जले प्राकृतिक पानीको श्रोत रहेको हलखोरिया दह, काली दहमा ड्याम लगाएर सिमसारको पानी जम्मा गरेको छ भने केही हिले पोखरी र मानव निर्मित कृत्रिम पोखरीहरूको समेत निर्माण गरिएको छ ।

‘निकुञ्ज कार्यालय भित्र बोरिङ्ग सुकेकोले यस पटक हामीले पथलैयाबाट ट्यांकरमा पानी ओसारेर पोखरीहरूमा पूर्याउँदा कठिनाइ धेरै भएको छ’ उनले भने ‘पानीको अभाव धेरै हुँदा यस पटक प्रत्येक दिन बाघ, गौरीगाई लगायतका वन्यजन्तुहरू सजिलै देख्न पाइएको छ’ पानीको अभाव हुँदा वन्यजन्तुहरू वासस्थान क्षेत्र भन्दा बाहिर निस्किएका हुन् ।

घाँसे मैदान र आहारा प्रजातिको वन्यजन्तुहरूको सङ्ख्या बढ्दै जाँदा सन् २०२२ को गणना पर्सा राष्ट्रिय निकुञ्जमा बाघ सङ्ख्या पटक दोब्बर भन्दा बढीले बढेर ४१ वटा पुगेको छ । सन् २०१८ को गणनामा १८ बाट बढेर ४१ पुगेको हो ।

वातावरण अनुकूल भए पनि पानीको समस्या भएको प्रमुख संरक्षण अधिकृत अशोक रामले जनाएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० असार ८,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० असार ८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद