Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

गहवामाई मन्दिरको ११औँ वार्षिकोत्सबको अवसरमा वीरगञ्जमा रथयात्रा निकालिने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ३,आईतवार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । गहवामाई मन्दिरको ११ औ वार्षिकोत्सबको अवसरमा वीरगञ्जमा रथ यात्रा निकालिने भएको छ । यही असार ५ गते गहवामाई मन्दिर परिसरबाट विहान ६ बजे रथ यात्रा निकालिने आयोजक समितिले जनाएको छ ।

गहवामाई मन्दिर परिसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा रथ निर्माणको काम सम्पन्न भएको र रथ यात्राको तयारी समेत पुरा भएको जनाइएको छ । गहवामाई मन्दिर अगाडि नै निर्माण गरिएको काठको रथ आज एकैछिन गुडाएर परीक्षण गरिएको थियो ।

रथको रंगरोगन बाहेक निर्माणको अन्य काम पुरा भएको गहवामाई रथ यात्रा समितिका अध्यक्ष श्याम पोखरेलले बताउनु भयो । रथलाई गहवामाई मन्दिरको आकृतिसँग मिल्दोजुल्दो गरी बनाईएको छ ।

नेपाल र भारतका ख्याति प्राप्त कालीगढहरुले निर्माण गरेको हिन्दुहरुको आस्था गहवामाईको सो रथयात्रामा ३० देखि ३५ हजार भक्तजनहरु सहभागी हुने अनुमान गरिएको समितिका अध्यक्ष पोखरेलले बताउनु भयो ।

कार्यक्रमलाई भब्य र सभ्य पार्न बारा, पर्सा र रौतहटका भक्तजनहरुलाई धेरै भन्दा धेरै उपस्थित भएर सोभा बढाउन अपिल गरिएको छ । । गहवामाई मन्दिरको ११ औँ वर्षको उत्सवमा पहिलोपटक निकालिने रथ यात्रा निकाल्न लागिएको हो ।

गहवामाई मन्दिर समितिले अव देखि हरेक बर्ष स्थापना दिवसको अवसर पारेर रथ यात्रा निकाल्ने निर्णय गरेको अध्यक्ष पोखरेलले जानकारी दिनु भयो ।

गहवामाईको रथ निर्माणमा करिब ४ सय घनफिट काठ प्रयोग गरिएको रथयात्रा समितिले जनाएको छ । रथको डिजाईन र निर्माण गर्ने कारिगर नेपालकै रहेका छन् । रथ निमार्ण २० देखि २५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । स्थानीय सरकार र विभिन्न चन्दातादाहरुको सयोगमा रथ निर्माणको काम भएको अध्यक्ष पोखरेलले बताउनु भयो ।

रथयात्रा यहि ५ गते बिहान ६ बजे गहवामाई मन्दिरको प्राङगणबाट निकालेर रेलवे रोड हुँदै रामटोल, रेशमकोठी, विर्तामन्दिरबाट मेनरोड हुँदै अलखियामठ, आदर्शनगर, माईस्थान भएर पुन गहमावमाई मन्दिरमा पुगेर समापन गरिने उनको भनाई छ । ५ गते रथ यात्रा सम्पन्न भएपछि ६ गते महाप्रसादको कार्यक्रम राखिएको गहवामाई मन्दिर समितिले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८० असार ३,आईतवार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८० असार ३,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद