वीरगंज,०२ चैत । उपकार सेवा नेपाल सामाजिक संस्थाले एक सामुदायिक विद्यालयमा चार थान वाटर फिल्टर जडान गरेकाे छ । उपकार संस्थाले बारा जिल्लाको गंजभवानीपुर स्थित रहेको श्री भोला माध्यमिक विद्यालयका चार थान वाटर फिल्टर जडान गराएको संस्थाकी अध्यक्ष पुजा सरावगीले जानकारी दिए ।
जडान गरिएको वाटर फिल्टर विद्यालय परिसरमा एक कार्यक्रम गरि विद्यालयका प्रधानाध्यापक रामाकान्त गुप्तालाई संस्थाकी अध्यक्ष सहितका पदाधिकारीहरुले हस्तान्तरण गरेका हुन । समाज बनाउन र भविष्यका कर्णधार तयार भइरहेको संस्थालाई आफूहरु सहयोग गर्न पाउदा निकै राम्रो लागि रहेको र आउने दिनहरूमा पनि यस्ता गतिविधि निरन्तर जारी राख्ने सरावगीले बताइन् ।
विद्यालय मै पुगेको सामाजिक संस्थाको टोलीलाई विद्यालयका प्रधानाध्यापक गुप्ताले सहयोगका लागि धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि चाहिने सहयोगका लागि आशावादी रहेको जानकारी गराए । हस्तान्तरण कार्यक्रममा संस्थाकी अध्यक्ष सरावगी, सज्जन अग्रवाल, हेमन्त सरार्फ, विनय गुप्ता लगायतको उपस्थिति रहेको थियो ।