रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रौतहट को गुजरा नगरपालिकामा बिधुत मोटर बाट करेन्ट लागेर एकजना युवकको मृत्यु भएको हो।गुजरा ४ का २५ बर्षिय मेघनाथ चौधरीको बिधुत मोटर बाट आफ्नै खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार मदिरा शेवनगरी मोटर बाट पानी पटाउने क्रममा मंगलबार सांझ करेन्ट लागेर अचेतभएको चौधरिलाई उपचारका लागि कनकपुर अस्पतालमा लैजांदा डाक्टरले मृत घोषणा गरेका थिए ।
लगत्तै उनका आफन्तहरुले चौधरीको अन्तेष्ठी गर्न खोज्दा प्रहरी चौकी हरिनगर पोखरभिडाको टोलिले शब लाई पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ केन्द्र चन्द्रनिगाहपुर पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस