Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

दाइजो र कुटपिट प्रकरणः नेहा चौधरीका ससुरा पनि जेल चलान

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन ३०,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,३० फागुन ।  महोत्तरीको रामगोपालपुर नगरपालिका–५ की नेहा चौधरीका ससुरा रामप्रवेश चौधरीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।

छोरोको बिहेपछि पनि पटक–पटक दाइजो माग गरी यातना दिएको आरोपमा पक्राउ परेका चौधरीलाई जिल्ला अदालतल महोत्तरीले मंगलबार जेल चलान गरेको हो। न्यायाधीश बाबुराम सुवेदीको इजलासले उनलाई जेल चलान गरेको हो।

गत आइतबार पक्राउ परेका चौधरीलाई मंगलबार अदालतमा पेश गरिएको थियो। मंगलबार भएको थुनछेक बहसमा जाहेरीवालाको तर्फबाट अधिवक्ता रिंकुकुमारी यादव र सरकारी वकिल मनोजकुमार गुप्ताले बहस गरेका थिए।

यसअघि दाइजो लिएको आरोपमा नेहाका श्रीमान् पंकज चौधरीलाई पनि अदालतले जेल चलान गरिसकेको छ।

२०७८ साल फागुन २५ गते नेहा र पंकज चौधरीबीच सामाजिक परम्पराअनुसार मागी विवाह भएको थियो। विवाहको क्रममा पंकजको परिवारले एक करोडभन्दा बढी दाइजोसमेत लिएको थियो। तर पछि काठमाडौँमा पनि घर बनाइदिन भन्दै दबाब दिएको र नमानेपछि यातना दिएर थप दाइजो माग गरेको नेहाको आरोप छ।

सम्बन्ध बिग्रेपछि पंकजले सुरुमा डिभोर्स मुद्दा दर्ता गराएका थिए। त्यसपछि नेहाले श्रीमान् पंकज, ससुरा रामप्रवेश र परिवारका अन्य चार जना सदस्यमाथि जालसाजी, घरेलु हिंसा, दाइजो, माना चामल र अंश मुद्दा दायर गराएकी छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०७९ फाल्गुन ३०,मंगलवार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०७९ फाल्गुन ३०,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद