Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home समाचार

रोजगारका लागि दैनिक दुई हजार बढी नेपाली विदेशिन्छन्

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन ३०,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– चालू आर्थिक वर्षको सात महिने अवधिमा ४ लाख ८२ हजार बढी नेपाली वैदेशिक रोजगारीमा गएको राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेकोे तथ्यांकमा उल्लेख छ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको सात महिने अवधिमा संस्थागत तथा व्यक्तिगत–नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख १४ हजार ७ सय ६७ र पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ६७ हजार ७०८ पुगेको छ।

राष्ट्र बैंकका तथ्यांकले दैनिक करिब २ हजार ३ सय र मासिक सरदर ६९ हजार नेपाली वैदेशिक रोजगारीका लागि बाहिरिएको देखिन्छ।

सरकार फेरिनासाथ प्रधानमन्त्री एवं मन्त्रीहरुले स्वदेशमै रोजगारी सिर्जना गरी बाध्यताको वैदेशिक रोजगार अन्त्य गर्ने बताए पनि राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांकले वैदेशिक रोजगार नै श्रम बजारमा आउने नेपाली युवायुवतीको विकल्प भएको देखाएको छ।

  • तथ्यांकअनुसार दैनिक करिब २ हजार ३०० र मासिक सरदर ६९ हजार नेपालीले वैदेशिक रोजगारीका लागि छाड्छन् थातथलो।

वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत–नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा ५७.३ प्रतिशतले र पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १०.१ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांक छ ।

वैदेशिक रोजगारमा जाने कामदारको संख्यामा भएको वृद्धिसँगै औपचारिक माध्यमबाट नेपाल भित्रिने रेमिट्यान्समा समेत उल्लेख्य वृद्धि भएको देखिएको छ।

सात महिने अवधिमा ६ खर्ब ८९ अर्ब ८८ करोड बराबरको रेमिट्यान्स भित्रिएको छ। राष्ट्र बैंकले रेमिट्यान्स आप्रवाह वृद्धिदर २७.१ प्रतिशत रहेको बताएको छ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ४.४ प्रतिशतले घटेको थियो।

तथ्यांकअनुसार वैदेशिक रोजगारका लागि जाने नेपालीको संख्या सबैभन्दा बढी मलेसिया रहेको छ। त्यसपछि क्रमशः कतार, साउदी, यूएई, कुवेत, बहराइनलगायत मुलुक गएका छन्।

वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि भए पनि दक्ष कामदारको संख्यामा भने वृद्धि हुन नसकेको वैदेशिक रोजगार व्यवसायीले बताएका छन्। पछिल्लो समय रोमानिया, साइप्रससहित पोर्चुगल जाने नेपाली कामदारको संख्या पनि बढेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगन्जमा २४ औं महिनाको निःशुल्क भोजन कार्यक्रम सम्पन्न
धर्म

वीरगन्जमा २४ औं महिनाको निःशुल्क भोजन कार्यक्रम सम्पन्न

प्रकाशित : २०७९ फाल्गुन ३०,मंगलवार
वीरगन्ज आईसीपीबाट ट्रकसँग अवैध ‘ढाट’ असुली रोक्न निर्देशन, कार्यान्वयनमा ढिलाइ
आर्थिक

वीरगन्ज आईसीपीबाट ट्रकसँग अवैध ‘ढाट’ असुली रोक्न निर्देशन, कार्यान्वयनमा ढिलाइ

प्रकाशित : २०७९ फाल्गुन ३०,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद