Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

खुल्ला सिमानाकाका कारण औंलो रोगको उच्च जोखिममा वीरगञ्ज महानगर

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ४,बिहीबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सा जिल्लाका १४ पालिकामा मध्ये वीरगञ्ज महानगरपालिका अलौं रोगको सबैभन्दा बढि जोखिममा रहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।औंलो रोग नियन्त्रण बारे सरोकारवाला निकायसंगको समन्वय बैठकमा स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले यस्तो बताएका हुन् ।

बिहीबार वीरगञ्जमा आयोजित उक्त बैठकमा बोल्दै जनस्वास्थ्य अधिकृत ठाकुरले वीरगञ्ज महानगरपालिका , जिल्लाका अन्य १३ पालिका भन्दा बढि जोखिममा रहेको बताए ।जिल्लाको सदमुकाम समेत रहेको वीरगन्ज , देशकै एक प्रमुख शहरपनि भएकाले यहाँ छिमेकी मुलुक भारत तथा देशका अन्य जिल्लाबाट मानिसको आवागमनपनि बढि हुने भएका कारण बढि जोखिममा रहेको उनले बताए ।

यसका साथै वीरगञ्ज महानगरका अधिकांश नाला र ढल जाम हुदाँ पानीको बहाव नहुने गरेकोले त्यसले लामखुट्टेका लागि वातावरण थप अनुकुल बनाएकाले औंलोको जोखिम उच्च भएको ठाकुरले बताए । ठाकुरले भने,‘ जहाँको नाला र ढलमा जाम भएर पानी जम्छ त्यहा लामखुट्टे झन धेरै फस्टाउछ , लामखुट्टे जहाँ बढि हुन्छ त्यहाँ औंलोको जोखिम स्वत उच्च हुन्छ , वीरगञ्जको अवस्था यहि छ ।

बैठकमा ठाकुरले पर्सामा आर्थिक वर्ष २०७९/०८० मा औंलोको एक जना मात्र बिरामी भेटिएको जानकारी पनि गराए । आर्थिक वर्ष २०७९/०८० मा ३ हजार ६६५ जनाको रगत परिक्षण गर्दा १ जनामा मात्र औंलो रोग भेटिएको र ती व्याक्ति पनि भारतबाट घर फर्किएका रहेको उनले बताए ।

उनका अनुसार , त्यसअघि आर्थिक वर्ष २०७८/७९ मा भने पर्सामा ३ हजार ६३० जनाको परिक्षण गर्दा औंलोका ३ जना बिरामी भेटिएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा ३ हजार ४६६ जनाको परिक्षण गर्दा एक जना पनि औंलो रोगी नभेटिएको ठाकुरले बताए ।

नेपाललाई सन् २०२५ सम्म औंलोका रोगीको संख्या शुन्यमा झार्ने लक्ष्यका साथ राष्ट्रिय औंलो निवारण कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराउँदै ठाकुरले मधेस प्रदेशमा भने चालु आर्थिक वर्षमा भने औंलोका ४४ जना बिरामी मात्र भेटिएको जानकारी गराए ।

मधेस प्रदेशका आठ जिल्ला मध्ये सबैभन्दा बढि सर्लाहीमा २३ जना , धनुषामा १० जना , रौतहट र महोतरीमा ३/३ जना , सिराहामा २ जना तथा पर्सा, बारा र सप्तरीमा १/१ जना औंलोका रोगी भेटिएको ठाकुरले बताए ।

कार्यक्रममा सहभागी नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर उदयनारायण सिंहले वीरगञ्ज महानगर बढि जोखिममा भएकाले यसलाई मध्यनजर गरि महानगरपालिकाको कार्यालयले नाला ढल सहित शहरको सरफाईमा विशेष ध्यानदिनु पर्ने सुझाव दिए ।

स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवलकिशोर साहको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको प्रमुख आतिथ्यतामा भएको समन्वय बैठकमा वीरगन्ज महानगरपालिकाको सरसफाई महाशाखाका प्रमुख सरफुदिन मियाँका साथै वीरगन्ज महानगरपालिकाका स्वास्थ्यकर्मी ,नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा , सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष , सुरक्षाकर्मी , सञ्चारकर्मी लगायतको सहभागिता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०८० जेष्ठ ४,बिहीबार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०८० जेष्ठ ४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद