Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा स्थापना भएको मधेश विश्वविद्यालयमा पठनपाठन सुरु गर्ने तयारी

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ ३,बुधबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । मधेस विश्वविद्यालयमा पठनपाठन सुरु गर्ने तयारी गरिएको छ। वीरगञ्जमा स्थापना भएको विश्वविद्यालयमा यसै शैक्षिक सत्रदेखि कानुन र जनप्रशासनको पठनपाठन गराउने तयारी गरिएको हो।

यसका साथै यसै शैक्षिक सत्रदेखि कानुन र जनप्रशासन संकायको पठनपाठन सञ्चालन गर्ने गरि तयारी तीव्र पारिएको विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्यले जानकारी दिए ।

उनले सकेसम्म यसै शैक्षिक सत्रदेखि दुईवटा संकायको पठनपाठन सुरु गराउने तयारीस्वरूप काम अघि बढाइएको बताए वीरगञ्जस्थित नेसनल ट्रेडिङ परिसरमा विश्वविद्यालय स्थापना भएको छ।

विश्वविद्यालयको उद्घाटन भएको अहिले नौ महिना बितिसकेको छ। नौ महिनाको अवधिमा यहाँ विभिन्न किसिमका प्रशासनिक र भौतिक संरचना बनाउने कार्य चलिरहेको छ।

विश्वविद्यालयको उद्घाटन ०७९ साल भदौ २२ गते भएको थियो। विश्वविद्यालयले पठनपाठनको लागि वीरगञ्जदेखि पर्साका ग्रामीण पालिकाहरूबाट जग्गा प्राप्त गर्ने प्रक्रिया अघि बढाएको छ। सो क्रममा पर्साको पकहा मैनपुर गाउँपालिकाको सुरजाहास्थित कटमिठको २७ बिगाहा जग्गा प्राप्त गरिसकेको छ।

यस्तै, बहुदरमाई नगरपालिका–२ मा रहेको ३५ बिगाहा जग्गा, वीरगञ्ज महानगरपालिकामा रहेको १८ बिगाहा ऐलानी जग्गा विश्वविद्यालयको लागि प्राप्ति गर्ने प्रक्रियामा रहेको उपकुलपति शाक्यले जानकारी दिए।

विश्वविद्यालय सञ्चालनको लागि विभिन्न नियमहरू बनाउन जरुरी रहेकोले अहिले नियमहरू बनाएको उनले बताए।‘विश्वविद्यालय सञ्चालनको लागि आवश्यक पर्ने नियमहरू हामीले बनाइसकेका छौँ। भौतिक संरचनाको कमी थियो, अहिले त्यो पनि बनाउन लागि परेका छौँ। विश्वविद्यालयको लागि चाहिने जग्गाहरू स्थानीय तहसँग समन्वय गरी प्राप्त गर्ने कार्यहरू गरिराखेका छौँ’, उपकुलपति शाक्यले भने।

विश्वविद्यालयको लागि आवश्यक शिक्षक कर्मचारी कार्यविधि २०७९, खर्च कार्यविधि निर्देशिका, २०७९ बनाएर पारित गरिसकिएको विश्वविद्यालयका रजिष्ट्रार विजयकुमार यादवले जानकारी दिए।उनले विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि कानुन र जनप्रशासनको पठनपाठन गराउन तयारी गरिएकोले समयअनुसार कार्य अघि बढाएको बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८० जेष्ठ ३,बुधबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८० जेष्ठ ३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद