Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

माविको शिक्षक लाइसेन्सका लागि आवेदन खुला

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ३१,आईतवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला गरेको छ । वैशाख २९ गतेको निर्णयअनुसार आयोगले आजदेखि आवेदन खुला गरेको हो । जेठ २९ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । दोब्बर दस्तुर बुझाई असार ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

त्यसका लागि दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पुरा भएको हुनुपर्नेछ । योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन दर्खास्त दिन सक्ने आयोगले जनाएको छ । आवेदन दस्तुर एक हजार रुपैयाँ तोकिएको छ । लाइसेन्सको परीक्षा भदौ २३ गते बिहान ११ बजेदेखि हुनेछ ।

आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट शिक्षा शास्त्र सङ्कायबाट स्नातक तह उत्तीर्ण गरेको वा अन्य सङ्कायबाट स्नातक तह उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिने तालिम पूरा गरेको हुनुपर्नेछ । तर, विज्ञान, गणित, अङ्ग्रेजी, लेखा, कम्प्युटर, विज्ञान, कम्प्युटर, इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, पशुपालन र बाली विज्ञान विषयबाट स्नातक तह उत्तीर्ण गरेकाको हकमा तालिम नलिए पनि दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

तोकिएको न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो योग्यता भएका व्यक्तिले समेत दरखास्त दिन सकिने आयोगले जनाएको छ । लिखित परीक्षा एकै दिन एक समयमा हुने भएकाले जुन प्रदेशबाट परीक्षामा सहभागी हुन चाहेको हो सोही प्रदेश छनोट गर्नुपर्नेछ । तर, एक व्यक्तिले एक प्रदेशभन्दा बढी प्रदेशमा दरखास्त दिन पाइनेछैन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

जितपुर प्रहरी चौकीमाथि ‘महिनावारी’ असुलीको आरोप, स्थानीय भन्छन्– ‘रकम नदिए कामै हुँदैन’
मुख्य समाचार

जितपुर प्रहरी चौकीमाथि ‘महिनावारी’ असुलीको आरोप, स्थानीय भन्छन्– ‘रकम नदिए कामै हुँदैन’

प्रकाशित : २०८० बैशाख ३१,आईतवार
वीरगञ्जमा उपभोक्ता अदालत स्थापनाका लागि प्रदेश सरकार सकारात्मक : मन्त्री पटेल
मुख्य समाचार

वीरगञ्जमा उपभोक्ता अदालत स्थापनाका लागि प्रदेश सरकार सकारात्मक : मन्त्री पटेल

प्रकाशित : २०८० बैशाख ३१,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद