Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

तीन छुट्टाछुट्टै स्थानमा २सय ४८ जनाले गरे रक्तदान

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ३०,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


वीरगन्जमा आज तीन छुट्टाछुट्टै स्थानमा रक्तदानको आयोजना गरिएको छ । नेपाल बीमा प्राधिकरण, वीरगन्ज युवा समाज र नेपाली कांग्रेसले तीन छुट्टाछुट्टै स्थानमा रक्तदानको आयोजना गरेको हो । वीरगन्ज युवा समाजले पनि आज होटल मकालुमा रक्तदानको आयोजना गरेको छ । वीरगन्ज युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा २४ जना महिला सहित एक सय १९ जनाले रक्तदान गरेका छन् ।

त्यस्तै नेपाल वीमा प्राधिकरणले ५५ औ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको बृहत रक्तदान कार्यक्रममा चारजना महिला सहित ८० जनाले रक्तदान गरेका छन् । कार्यालयकै परिसरमा आयोजना गरिएको कार्यक्रममा वीरगन्जका सबै जीवन बीमा र निर्जीवन बीमाका कर्मचारीहरुको उल्लेखनिय सहभागिता रहेको थियो । “रक्तदान जीवनदान“ भन्ने विश्वव्यापी मान्यता अनुरुप आफुहरुले रक्तदान गर्ने निर्णय गरेको बताउदै प्रदेश प्रमुख कुसुम शर्माले अहिलेको मौसममा बिरामीहरुको चाप बढने भएकोले रगतको अभाव केही हदसम्म पूर्ति गर्न आफुहरुले प्रयास गरिको बताउनुभयो ।
प्रदेश कार्यालयका टेकराज पाण्डेय र आनिश तिमिल्सिनाको सहजतामा कार्यक्रम अत्यन्तै सफल र भब्य भएको सलिको इन्स्यूरेन्सका प्रदेश प्रमुख निशान्त लामिछानेले बताउनुभयो ।
रक्तदान गर्ने सहभागीहरुलाइ जुस र नास्ता समेत बितरण गरेको जनाउदै प्राधिकरण प्रदेशका सहायक निर्देशक टेकराज पाण्देयद्वारा बीमा कम्पनीहरु र प्राधिकरणको सम्बन्ध, सहयोग र सहकार्यले नै कार्यक्रम सफल भएको बताउनुभयो । यस्तै नेपाली कांग्रेसले पनि रक्तदानको आयोजना गरेको छ । वीरगन्जको गहवमा धर्मशालामा भएको रक्तदानमा ३ महिला ४८ जनाले रक्तदान गरेको रेडक्रस सोसाईटी पर्सा शाखाको रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख शोरभराज पाण्डेले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०८० बैशाख ३०,शनिबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०८० बैशाख ३०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद