वीरगंज । पर्साको पोखरिया नगरपालिका वडा नम्बर १० शिवबर्वामा श्री बौद्धिमाई नेपाल राष्ट्रीय प्राथमिक विधालयकाे उदघाटन गरिएकाे छ । बुधबार एक कार्यक्रमकाे विच प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्रीले विद्यालयकाे उदघाटन गरेका हुन् ।
हाल सम्म वडा नम्बर १० मा विद्यालय नै थीएन, वडाध्यक्ष साेनालाल साह गाेढकाे पहलमा वडा भित्र रहेकाे बजार सेडमा कक्षा काेठा निर्माण गरि विद्यालय संचालनमा आएकाे स्थानियहरुले वताएका छन् ।
संचालनमा आएकाे विद्यालयमा नस्ररीदेखि कक्षा ३ सम्म अंग्रेजी माध्यममा अध्ययन अध्यापन गराइने वडाध्यक्ष गाेढले जानकारी दिए ।
वडाध्यक्ष सोनालाल गाेढकाे अध्यक्षता र प्रदेश सांसद क्षेत्रीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा पोखरिया नगरपालिकाका मेयर प्रधुमन प्रसाद चौहान, उप प्रमुख रूबी कुमारी ठाकुर, निमित प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव, पूर्व मेयर दीपनारायण प्रसाद रौनियार, वडाध्यक्ष लक्ष्मण साह कानू,नौसद आलम, किशोरी साह, सामाजिक शाखा प्रमुख बालमिकी रौनियार लगायतकाे उपस्थिति रहेको थियो ।