Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home शिक्षा

परिक्षा शूल्क तिर्न नसकेका विद्यार्थीलाई परिक्षाबाट वञ्चित नगर्न वीरगञ्ज महानगरको आग्रह

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १५,बुधबार
A A
file photo

file photo

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । परिक्षा शूल्क तिर्न नसकेका विद्यार्थीलाई परिक्षामा सहभागी हुनबाट वञ्चित नगर्न वीरगञ्ज महानगरपालिकाले आग्रह गरेको छ ।

स्थानीय केही संस्थागत (निजी) विद्यालयहरुले आगामी दिनहरुमा अनुसूचित परिक्षामा शूल्क तिर्न नसकेका विद्यार्थीहरुलाई परिक्षामा सहभागी हुनबाट वञ्चित गर्न लागेको जानकारी पाएपछि महानगरपालिकाले त्यस्तो नगर्न आग्रह गरेको हो ।

महानगरअन्तर्गत शैक्षिक प्रशासन महाशाखाले प्रमुख (मेयर) राजेशमान सिंहको निर्देशनअनुसार बुधबार एउटा सूचना जारी गर्दै शूल्क तिर्न बाँकी रहेका विद्यार्थीहरुलाई परिक्षा दिनबाट वञ्चित नगर्न आग्रह गर्दै शूल्कका लागि अभिभावकसँग समन्वय गर्न आग्रह गरेको छ ।

‘महानगरपालिकाअन्तर्गत सञ्चालित कतिपय संस्थागत विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई शूल्क तिर्न बाँकी रहेकोले परिक्षाबाट वञ्चित गराइएको भनी जानकारी प्राप्त भएकोले बक्यौता शूल्कको लागि सम्बन्धित अभिभावकसँग समन्वय गर्न हुन् तथा शूल्ककै नाममा कुनैपनि विद्यार्थीलाई परिक्षाबाट वञ्चित नगराउन हुन्’, जारी सूचनामा उल्लेख गरिएको छ ।

चैत्र महिनामा स्थानीय निजी विद्यालयहरुले लिने वार्षिक परिक्षामा शूल्क तिर्न नसकेको विद्यार्थीहरुलाई परिक्षामा सहभागी हुनबाट वञ्चित गर्दै आएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री  वितरण
मुख्य समाचार

अनिल शाहको पहलमा परवानीपुर–१ मा ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रकाशित : २०७९ चैत्र १५,बुधबार
पर्सा सीमामा ‘अवैध प्रवेश’ सतर्कता कडा – बंगलादेशी–रोहिंग्या प्रवेशको सूचना पाएपछि निगरानी थप
मुख्य समाचार

पर्सा सीमामा ‘अवैध प्रवेश’ सतर्कता कडा – बंगलादेशी–रोहिंग्या प्रवेशको सूचना पाएपछि निगरानी थप

प्रकाशित : २०७९ चैत्र १५,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद