वीरगन्ज,१५ चैत । वीरगन्जको नारायणी अस्पतालमा मधेस प्रदेशकै सबैभन्दा बढि क्षमता र सुविधा सम्पन्न भएको डायलोसिस् वार्ड सन्चालनमा आएको छ ।नारायणी अस्पतालमा १५ शैयाको सुविधासम्पन्न डायलोसिस वार्ड बुधबार देखि सन्चालनमा ल्याइएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चित्तरन्जन साहका अनुसार, राउण्ड टेबल नेपाल नामक संस्थाको समन्वयमा सिद्धार्थ बैंकले अस्पतालको आकस्मिक कक्ष माथिको तल्लामा ५५ लाख रुपैयाँको लागतमा निर्माण गरिदिएको नयाँ भवनमा बुधबार देखि सुविधासम्पन्न डायलोसिस् वार्ड सन्चालनमा आएको हो ।
यसअघि नारायणी अस्पतालले एउटा सांघुरो कोठामा ६ वटा मात्रै शैया राखेर डायलोसिस् सेवा दिदै आएको थियो । जसका कारण बिरामीको चाप बढेका बेला बिरामीहरुले हप्तौ दिनसम्म पालो कुर्नुपर्ने अवस्था थियो ।नीजी अस्पतालमा उपचार गराउन नसक्ने गरिब–विपन्न बिरामीहरु भने पालो नपाएर डायलोसिस् सेवाबाटै बन्चित हुनुपर्ने बाध्यता पनि थियो ।
तर अब १५ शैयाको छुट्टै सुविधासम्पन्न वार्ड नै सन्चालनमा आएपछि भने डायलोसिस् गराउनु पर्ने कोहि पनि बिरामीले पालो कुर्न नपर्ने डायलोसिस् वार्डकी इन्चार्ज एंव अस्पताल नर्सिङ निरीक्षक मनिता साहले बताइन् ।
साहका अनुसार , बुधबार देखि सन्चालमा ल्याइएको डायलोसिस् वार्डमा कूल २२ वटा डयलोसिस् मेसिन छन् । ती मध्ये १५ वटा मेसिन , हरेक शैयामा जडान गरिएका छन् भने थप ७ वटा मेशीन जगेडामा राखिएका छन् ।साहले भनिन्,‘ अस्पतालसंग पहिलेका ५ वटा मेशिन थिए , नयाँ १२ वटा मेशीन अस्पताल आफैंले खरिद गरेको हो , ५ वटा मेशीन भने मन्त्रालयले दिएको हो ।
अस्पतालले हाल पर्सा देखि रौतहट सम्म चार जिल्लाका गरि ३५ जना मृगौला रोगीलाई डालोसिस्को नियमित सेवा दिइरहेको साहले जानकारी दिइन् । उनले भनिन्,‘ पहिले ५ वटा मात्रै मेसिन हुदाँ कुनै एउटा मेसिन बिग्रिदा बिरामीको डायलोसिस् बिचमै रोकिन्थ्यो , बिरामीको चाप बढेका बेला पालो कुराएर राख्नु पथ्र्यो , तर अब त्यो समस्या रहेन, किनकि हामीसंग १५ बाहेक थप ७ वटा मेसिन जगेडामा पनि छन् ।
नयाँ भवनमा छुट्टै डायलोसिस् वार्ड सन्चालनमा आएपछि बिरामीका साथै कार्यरत स्वास्थ्यकर्मीलाई समेत सहज भएको साहले बताइन् । अस्पतालमा डायलोसिस् सेवा निःशुल्क रहेको पनि उनले बताइन् ।
नारायणी अस्पतालमा सन्चालनमा आएको डायलोसिस् वार्ड , वीरगन्जको मात्र नभइ मधेस प्रदेशकै सबै भन्दा बढि क्षमता र सुविधासम्पन्न वार्ड भएको वार्डमा कार्यरत अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर नीरज सिंहले बताए ।
उनले भने,‘ मधेस प्रदेशका आठ जिल्लाका कुनै पनि सरकारी वा नीजी अस्पतालमा यति धेरै क्षमता र सुविधासम्पन्न भएको डायलोसिस् वार्ड छैन , नारायणी अस्पतालको यो वार्ड यो अस्पतालका लागि मात्र नभइ मधेस प्रदेशकै लागि गौरव हो ।
यद्यपि १५ शैयाको वार्ड पूर्ण क्षमतामा सन्चालनका लागि जनशक्तिको भने केहि कमी रहेको डाक्टर सिंहले बताए । वार्डमा हाल सिंहसंगै तीन जना चिकित्सक र ६ जना स्टाफ नर्स कार्यरत छन् । उक्त वार्डलाई पूर्ण क्षमतामा सहज रुपमा सन्चालका लागि थप तीन जना मेडिकल अफिसर चिकित्सक , थप ६ जना स्टाफ नर्स , कन्सल्टेण्ट १ जना र प्राविधिक २ जना आवश्यक रहेको डाक्टर सिंहले बताए ।
उनले भने,‘ यति जनशक्ति थपियो भने अझ सहज रुपमा वार्ड फूल फेज (पूर्ण क्षमता) मा चल्छ , बिरामीको चाप बढ्दा पनि काम गर्न समस्या हुदैन , त्यसकारण थप जनशिक्तका लागि अस्पताल प्रशासनसंग कुरा भइरहेको छ ।यसका साथै सन्चालनमा ल्याइएको उक्त वार्ड , तेश्रो तल्लामा रहेकाले बिरामीलाई तल माथि आउजाउ गर्न लिफ्टको पनि आवश्यकता रहेको नर्स साहले बताइन् । उनले भनिन्,‘ दाताकै सहयोगमा यो वार्ड सन्चालनमा आएको हो , यदि कोहि दाताले लिफ्ट पनि बनाइदियो भने बिरामीलाई तलमाथि गर्न सहज हुनेछ ।
सिद्धार्थ बैंकका सञ्चालक समिति अध्यक्ष मनोज केडियाले सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै राउण्ड टेबल नेपालसँगको समन्वयमा ५५ लाख रुपैयाको लागतमा डायलोसिस् वार्ड सन्चालनका लागि भवन निर्माण गरिदिएको बताए । उनले भने,‘ नारायणी अस्पतालमा डायलोस्सिका बिरामीको उपचारका लागि भवनको समस्या थियो , यो समस्यालाई मध्यनजर गर्दै बैंकले आर्थिक सहयोग गरेर भवन बनाइदिएको हो ।
उनले थपे,‘ अस्पाल हामी सबैको हो, अझ गरिब र मध्यम वर्गीय परिवारको लागि त आशाको केन्द्र पनि हो ,यसलाई व्यवस्थित बनाउने र यहाँको सेवा प्रवाहलाई चुस्त बनाउने हामी सबैको दायित्व हो ,बैंकको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट मैले गर्न सक्ने कामका लागि म सँधै तयार छु ।राउण्ड टेबल नेपालका अध्यक्ष राहुल अग्रवालले आगामी दिनमा पनि बैंक र राउण्ड टेबल नेपालले सहकार्य गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने बताए ।
मेसु साहले अस्पतालको छुट्टै भवनमा सुविधासम्पन्न डायलोसिस् भवन सन्चालनमा आएसंगै अस्पतालको ठूूलो समस्या समाधान भएको बताए । उनले भने,‘ साँघुरो कोठबाटट डायलोसिस् सेवा दिदाँ निक्कै समस्या थियो , बिरामीको चाप बढेका बेला पालो कुराएर बसाउनु वा फर्काउनु पर्ने विवशता थियो यसले हामीलाई पनि निक्कै असहज भइरहेको थियो ।