वीरगञ्ज मानगरपालिकाले वडा नम्बर १४ मा रहेको सामुदायिक बिधालयलाई आठ थान कम्प्युटर र एक थान फोटोकपि मेसिन प्रदान गरेको छ । वडा नम्बर १४ मा रहेको कुल्लिया उम्मे कुल्सुम लिल्बनात कन्या माध्यमिक बिधालयमा उक्त सामाग्री प्रदान गरिएको हो ।सामाग्रीहरु भएका कक्षाको आज एक कार्यक्रमकाबीच उदघाटन समेत गरिएको छ ।
महानगरका शिक्षा शाखा प्रमुख र बिधालय ब्यावस्थापन समितिका अध्यक्ष अजमत आराले सँयुक्त रुपमा रिबन काटेर उदघाटन गरेका थिए । पटक पटक बिधार्थीहरुले कम्प्युटर पढाईका लागि सामाग्रीको माँग गर्दै आएका थिए ।
कम्प्युटरको अवश्यता भएको अवस्थामा महानगरले सो विद्यालयलाई ६ लाखको लागतमा ८ थान कम्प्युटर र एक थान फोटोकपि मेसिन प्रदान गरेको छ । उदघाटन कार्यक्रममा बिधालयका प्रधानाध्याप्क इमामुदिन अहम्द,वडा सदस्य देवकरण कुर्मी लगायत बिधालयका शिक्षक एवम् ब्इावस्थापन समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।
© 2024