वीरगन्ज,०५ फागुन । वीरगन्जको भगवती टोलमा रहेको मनकामाना माध्यामिक विद्यालयको २४ औं बार्षिकोत्सवको अवसरमा विद्यालयमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । विद्यालमा आयोजना गरिएको विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका र बाहिर प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो ।

विद्यालयका प्रिन्सिपल पुरन प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशका इन्चार्ज नीरज पिठाकोटे मगर, अतिथिहरु प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य जगत राई, सञ्चारकर्मीहरु संतोष रञ्जितकार, नेहाल खान र जाकिर हुसैन लगायतले विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रिन्सिपल सुनिल यादवले गर्नुभएको थियो ।