Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

लिटल बड्डी प्रिस्कुलको शाखा वीरगञ्जमा खुल्दै

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष २५,सोमबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २५ पुष ।
वीरगञ्जमा अन्तर्राष्ट्रिय स्तरको पूर्व प्राथमिक विद्यालय सञ्चालनमा आउने भएको छ । नेपालसहित विश्वभरी १० वटा देशमा शाखा रहेको लिटल बड्डी इन्टरनेशनल प्रिस्कुलको शाखा वीरगञ्जमा सञ्चलनमा आउने भएको हो ।
विद्यार्थीहरुको जग बलियो बनाउने र व्यावहारिक सिकाईमा जोड दिने अभिप्रायले स्थापित प्रिस्कुलको शाखा वीरगञ्जमा सञ्चालन गर्न पाउँदा लिटल बड्डीका नेपाल प्रमुख युवराज दाहालले खुशी व्यक्त गरे । वीरगञ्जमा सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै दाहालले आगामी माघ १२ गते सरस्वती पूजाको अवसरमा प्रिस्कुल सञ्चालन गर्ने जानकारी दिए ।
जग बलियो भएपछि मात्रै घर बलियो हुने भएकाले विद्यार्थीहरुको पनि पूर्व प्राथमिक तहको शिक्षालाई बढी प्राथमिकताका साथ लिनुपर्ने मानसिकताको विकासका लागि वीरगञ्जमा शाखा बिस्तार गरिएको दाहालको भनाई छ । ‘हाम्रो समाजमा पूर्व प्राथमिक तहको शिक्षालाई त्यति महत्व दिइँदैन, जबकी जोड दिने र धेरै कुरा सिक्ने तथा बुझ्ने भनेकै यही समयमा हो’, उनले थपे, ‘यही मानसिकताको विकास गर्ने र विद्यार्थीहरुको जगलाई बलियो बनाउने हाम्रो मुख्य उद्देश्य हो ।’
दाहालका अनुसार यस प्रिस्कुलमा सयुँक्त अधिराज्य (यूके) को पाठ्यक्रममा आधारित पठनपाठन गराइनेछ । विद्यार्थीहरुलाई पिट्ने, डराउने र कराउने जस्ता गतिविधिबाट टाढै राखेर खेल्दै रमाउँदै पनि सिकाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्ने योजना प्रिस्कुल परिवारको छ । केही दिनभित्रै शिक्षक तथा कर्मचारीको लागि दरखास्ता आह्वान गर्ने जानकारी दिँदै छनौट भएका शिक्षकहरुलाई भारतसहित अन्य देशमा पनि लिएर अन्तर्राष्ट्रिय प्रशिक्षकमार्फत तालिम दिई अध्यापन गराइने दाहालले बताए ।
प्रधान कार्यालय लण्डनमा रहेको लिटल बड्डी इन्टरनेशन प्रिस्कुलका शाखाहरु अर्जेन्टिना, सयुँक्त अधिराज्य (यूके), भियतनाम, बङ्गलादेश, म्याक्सिको, इष्टोनीया, बोट्सवाना, मोरोक्को र भारतमा सञ्चालित छन् । नेपालको मकवानपुर जिल्लामा विगत ३ वर्षदेखि शाखा सञ्चालनमा छ । दाहालले भने, ‘अरु स्कुलहरुले सरस्वती पूजाको अवसरमा छुटमा विद्यार्थी भर्ना गर्छन्, तर हाम्रो हेटौडाको शाखामा अहिले नै विद्यार्थी संख्या धेरै छ । हामी गुणस्तरमा विश्वास गर्छाै, त्यही विश्वास अभिभावकलाई पनि दिलाउनेमा हामी विश्वस्त छौँ ।’
पिजिदेखि युकेजीसम्मको पठनपाठन हुने प्रिस्कुल वीरगञ्जको पानीटंकीमा सञ्चालनमा आउने लिटल बड्डी वीरगञ्जका प्रमुख बिजय कुमार बलले बताए । उनकाअनुसार अहिले आन्तरिक व्यवस्थापनको काम भइरहेको छ ।
वीरगञ्ज शाखा सञ्चालन गर्न कम्तीमा २५ जनाले प्रत्यक्ष रुपमा रोजगारीको अवसर प्राप्त गर्ने पनि बलले जानकारी दिए । विद्यार्थीहरुलाई २ पटक स्वास्थ्यबद्र्धक खाजाको व्यवस्थासहित अभिभावकले सिसिटीभि क्यामरामार्फत घरैबाट विद्यार्थीको निगरानी गर्न सकिने व्यवस्था पनि हुने उनले बताए ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्याब्सन पर्साका सचिव राहुल श्रीवास्तवले अन्तर्राष्ट्रिय स्तरको प्रिस्कुल वीरगञ्जमा सञ्चालन भएकोमा खुशी व्यक्त गरे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ
मुख्य समाचार

सरकारी गाडी चढेर क्यासिनो पुगे गाउँपालिका अध्यक्ष, प्रहरी इन्स्पेक्टर पनि पक्राउ

प्रकाशित : २०७९ पुष २५,सोमबार
बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग
आर्थिक

बाढीपीडितका लागि साउथ जोन माध्यमिक विद्यालयद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

प्रकाशित : २०७९ पुष २५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद