Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पस धरापमा, क्याम्पस र क्याम्पसको छात्रावास जीर्ण बन्दै

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ५,मंगलवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०५ पुष ।  कुनै समय शैक्षिक र प्रशासनिक हिसावले चर्चित रहेको वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पस यतिखेर समस्यै समस्यामा रोमलिएको छ । क्याम्पसमा रहेका बिभिन्न बेथितिहरुका कारण अहिले क्याम्पस आन्तरीक रुपमा कमजोर बन्दै गएको हो । बि.सं २००९ सालमा स्थापित वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसको अवस्था पछिल्लो समय निकै दयनीय बन्दै गएको छ । क्याम्पसमा पुस्तक अभावदेखि शिक्षकहरुको अनुपस्थित, लथालिङ्ग भौतिक संरचना कमजोर बन्दै गएपछि क्याम्पसको अवस्था निकै दयनीय बन्दै गएको हो । हरेक वर्ष नयाँ बिद्यार्थी भर्ना लिने तर समयमा पुस्तक उपलब्ध नगराउने, नियमित क्यामपस संचालन नहुने र बाहिरी हस्तक्षेपमा पिरोलिएको बिद्यार्थीहरुको आरोप छ ।

वीरगन्जका दाता रघुबीर रामले आफना पिता ठाकुररामको नाममा क्याम्पसको दुइ तल्ले भवन निर्माण गरि दिएपछि २०२४ साल देखि आफनै भवनमा सन्चालनमा आएको ठाकुरराम बहुमुखी क्याम्पसको भौतिक संरचना पनि मर्मत सम्भारको अभावमा जीर्ण हुदै गएको छ । क्याम्पस परिसरमा दुइ तल्ले मुख्य भवन , त्यसको पछाडि दुइ तल्ले कक्षा भवन , क्षेत्रीय पुस्तकालय भवन , विज्ञान प्रयोगशाला भवन , सुवर्ण हेल्थ क्लीनक भवन , चमेनागृह , जेएम छात्रावास (ब्वाइ होस्टेल ) , महिला छात्रावास (गल्र्स होस्टेल) लगायतका प्रयाप्त भौतिक संरचनाहरु छन् । तर ती सबै भवनका संरचनाहरु वर्षौ देखि मर्मत सम्भार नगरिदा जीर्ण हुदै गइरहेका छन् ।मुख्य भवनको माथिल्लो तल्लाको छत जीर्ण अवस्थामा पुगि सकेको छ । जसका कारण त्यहा सन्चालित विज्ञान प्रयोग शाला (साइन्स ल्याब) का आधा दर्जन विभाग वर्षौ देखि बन्द छन् ।

फिजिक्स , केमिस्ट्रि , जुलोजी लगायतका ल्याबका कोठाहरु वर्षौ देखि बन्द राखिएका कारण त्यहा रहेका करोडौ मुल्यका उपकरणहरु पनि धुलो र माकुराको जालोले जेलिएर बिग्रिदै गएको कर्मचारीहरु बताउछन् l ठाकुररामको सान्स ल्याबमा जति उपकरण , मेशीन छन् , शायदै देशका अरु कुनै क्याम्पसमा होला , विज्ञान प्रयोग शालामा कार्यरत एक कर्मचारी भन्छन् ‘ तर वर्षौ देखि बन्द गरेर राखिएका कारण ती करोडौंका सामान सबै अब कामै नलाग्ने अवस्थामा छन् । फिजिक्स विभागका प्रमुख कामेश्वर महासेठ भन्छन् ,‘ छत चर्किएर यति जीर्ण भइसकेको छ कि कति बेला खस्छ कुनै ठेगान छैन ,त्यसैले यति ठूलो जोखीम उठाएर ल्याबमा विधार्थीहरुलाइ लिएर जाने हिम्मत नै गर्दैन् ।

विधार्थीको संख्या घटेपनि क्याम्पसमा कार्यरत प्राध्यापक र कर्मचारीको संख्या भने कम भएको छैन । क्याम्पसमा अहिले पनि स्थायी प्राध्यापक १४८ , आंशीक प्राध्यापक ३५ र कर्मचारी ८० जना कार्यरत छन् । ती सबैको तलभत्ता र सुविधामा मात्रै मासिक झण्डै ८० लाख रुपैया सरकारको खर्च हुदै आएको उनि बताउछन् । क्याम्पसको शैक्षिक गुणस्तर खस्कनुमा अन्य विविध कारण रहेपनि प्रमुख जिम्मेवार भने प्राध्यापकहरु नै रहेको पुर्व स्ववियु सचिव राकेश यादव बताउछन् । क्याम्पस प्रमुख , सहायक क्याम्पस सहित दर्जन भन्दा बढि प्राध्यापकहरुले आफनो लगानीमा नीजी प्लस टु र कलेज खोलेर चलाइरहेका छन् , यादव भन्छन् ,‘ ती मध्येका अधिकांशले ठाकुरराममा क्लाश नै लिदैनन , खाली तलब सुविधा मात्रै बुझछन् , आफनो पुरा टाइम र ध्यान भने निजी प्लस टु र कलेजमा दिइरहेका छन् ।

यता क्यामपसको नियन्त्रणमा संचालनमा रहेको छात्राबासको हबिगत पनि उस्तै रहेको छ । निकै पुराना तथा जिर्ण भई सकेको छात्रावासको पर्खाल भत्कीएको ७ महिना भई सक्दा समेत क्याम्पसले वास्ता नगरेको विद्यार्थीहरुको आरोप छ । क्याम्पसको बेहाल देखेर विद्यार्थीहरु आजित भएका छन् भने क्याम्पस प्रमुख डाक्टर प्रमोद कुमार कुश्वाहा भने विद्यार्थीहरुले गुनासो गरे जस्तो क्याम्पसको अवस्था नरहेको बताउनु हुन्छ । नेपालका अधिकांस शिक्षाविद्हरुले नेपालको शिक्षाको स्तर उकास्नका लागि शिक्षालाई राजनीतिबाट टाढा राख्नु पर्ने मुल्याकंन गर्दै आएका छन् । तर दिन प्रतिदिन शिक्षण संस्थाहरुमा राजनीति मौलाँउदै गएको छ । ठाकुरराम क्याम्पस पनि पछिल्लो समय राजनीतिक अखडा बन्न थालेको स्थानीयहरुको भनाई छ ।

सबैभन्दा पुरानो तथा त्रिभुवन विश्वविद्यालयभन्दा पनि जेठो क्याम्पसको रुपमा चिनिने वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसको अवस्था दैनिक खस्कँदो छ। पछिल्लो समय नियमित कक्षा नहुने भनेर चिनिएको क्याम्पस अहिले छात्रावासको समस्याले चर्चामा आएको छ। कक्षा कोठा सञ्चालन गर्ने भवनदेखि पुस्तकालय भवन, छात्रावास भवन, प्रशासनिक भवनलगायत अधिकांश भवनहरु वर्षातमा चुहिन्छ। कुन बेलामा कुन पर्खाल र छत खस्छ भन्ने ठेगान छैन। वर्षातको समय शुरु भएसँगै छात्रावासमा बस्ने विद्यार्थी छात्रावासको दूरावस्थाले त्रसित बनेका छन्।

त्रिभुवन विश्वविद्यालयका तत्कालीन रजिष्टार जगत मोहनको नाममा २०३० साल ताका छात्रहरुका लागि ४७ कोठाको जगतमोहन पुरुष छात्रावास (जेएम ब्वाइज होस्टेल) निर्माण गरिएको थियो । तर अहिले उक्त छात्रवासका १४ वटा कोठामा २५ जना विधार्थी मात्र बस्दै आएका छन् । बाँकी ३३ वटा कोठा , भान्छा कक्ष , सेमीनार कक्षा सबै सरंचना जीर्ण छन् । छात्रावासको दक्षिण तर्फको शौचालय प्रयोगमै छैन भने उत्तरु तिरको शैचालय जीर्ण भएपनि विधार्थीले जसोतसो प्रयोग गर काम चलाइरहेका छन् । २४६ सालमा दोश्रो तल्लामा ६ वटा कोठा निर्माण गर्न थालिएको भएपनि त्यो पनि पर्खाल मात्र उठाएर छाडिएका कारण अलपत्र छ ।

यतिमात्र हैन छात्रावास खण्डहर र भूतबंगला झैं लाग्छ। छात्रावास वरपर जंगलमा झैं बोटबिरुवा, घाँसपात उम्रेका छन्। विद्यार्थी बस्ने कोठा पानी परेको बेला चुहिंदा उनीहरु राति सुत्न सक्दैनन्। छात्रावासको शौचालय फोहर र प्रदूषित छन्। पानी, बिजुली र क्यान्टिनको पनि सहज उपलब्धता छैन। विद्यार्थीहरु बस्ने कोठामा खाना पकाउने, भाँडाकुँडा माझ्नेलगायत गर्नुपरेको छ। छात्रावासको कोठा र झ्याल–ढोकाहरु जीर्ण भइसकेको कारण वर्षात्को समयमा सर्प र लामखुट्टेको आतंक रहेको विद्यार्थीहरुले गुनासो गरेका छन्।

सय–सय जना पुरुष–महिला छात्रावासमा बस्ने क्षमता रहे पनि पर्याप्त भौतिक पूर्वाधार र सेवा सुविधाको अभावमा पुरुष छात्रावासमा २० जना र महिला छात्रावासमा २६ जना विद्यार्थीहरु मात्र बसिरहेका छन्। उनीहरुले महिनाको २ सय रुपैया शुल्क तिर्नुपर्छ। क्याम्पसको छात्रावास सुधारको लागि वीरगंज महानगरपालिका, प्रदेश सरकार र केन्द्र सरकारले गर्नुपर्ने सहयोग नगरेको कारण अवस्था जर्जर भएको क्याम्पस प्रमुख डा उमेशकुमार चौरसिया बताउँछन्। उनले कार्यभार सम्हालेको पन्ध्र महिनाभित्र शैक्षिक सुधार र वातावरणीय सुधारमा केही सकारात्मक काम गरे तापनि एक्लै सबै कुराको जोहो गर्नु धौधौ परेको बताए। चौरसियाले क्याम्पसको भौतिक पूर्वाधारको लागि उचित प्रबन्ध र सुधारमा स्थानीय तह, प्रदेश र संघ सरकार उदासिन बनेकोले सहयोगको अपिलसमेत गरे । साभार :- नेपाल जजिरा

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश
राजनिती

पूर्व गाविस अध्यक्ष तथा तमलोपाका पूर्व पर्सा जिल्ला सभापति रास्वपामा प्रवेश

प्रकाशित : २०७९ पुष ५,मंगलवार
पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०७९ पुष ५,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद