वीरगञ्ज – विश्व मधुमेह दिवसको अवसरमा वीरगञ्जमा निशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ ।
शिविरमा २ सय ५० जना भन्दा बढीको स्वास्थ्य जाँच गरिएको छ । उनीहरुको ब्लडप्रेसर र मधुमेह जाँच गरिएको ग्रिनसिटी सामुदायिकका अध्यक्ष प्रकाश खेतालने जानकारी दिए ।
लायन्स क्लब क्युरेटिभ र ग्रिनसिटी सामुदायिक प्रहरी केन्द्रको आयोजना र रुंगटा वेयलफेयर सोसाइटीको सहयोगमा शिविर सम्पन्न भएको हो ।
शिविरमा आएकाहरुको डा.निरज सिंह, डा.रामअवतार खेतान, डा.जगदिश अग्रवालले स्वास्थ्य जाँच गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिमल्सिना, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक दीपक गिरी, वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ल लगायत समाजसेवी, बृद्धिजिवि लगायतको सहभागिता रहेको थियो ।



