वीरगञ्ज महानगरपलिका वडा १० मा ४६ जनाले रक्तदान गरेका छन् । एशोसियन अफ भेटेटीनरी प्राक्टीस्नरको रक्तदान कार्यक्रममा एक महिला सहित ४६ जनाले गरेका हुन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वा पोखरीको परीसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति विरेन्द्र राज कडेलको प्रमुख अतिथ्यमा भएको थियो ।
रक्तदान कार्यक्रमा संस्थाका सल्लाहकार डा. दिनेश तिवारी,नारायण गुरुङ्ग,गुलाब मेहता,अनिल कुमार पटेल,पशुराम न्यौपाने ,नरेश महेता,दिपेश शर्मा,शोभाकान्त मुखीय लगायत गरी ४६ जनाले रक्तदान गरेका हुन् । कार्यक्रमको अध्यक्षता एशोसियन अफ भेटेटीनरी प्राक्टीस्नरका अध्यक्ष कमलेस गुप्ताले गरेका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस