Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज स्कुल अफ ल द्वारा परिच्यात्मक कार्यक्रम सम्पन्न,कानुन पढनेहरु बेरोजगार नहुने बक्ताहरुको भनाई

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र ८,बुधबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

भदौ ८ वीरगञ्ज
वीरगञ्जमा रहेको वीरगञ्ज स्कुल अफ ल ले मँगलबार परिच्यात्मक कार्यक्रम सम्पन्न गरेको छ ।उच्च अदालत जनकपुर अस्थायी ईजलाश वीरगञ्जको सभाहलमा सम्पन्न भएको परिच्यात्मक कार्यक्रममा क्याम्पसमा भर्ना भएका कक्षा ११ का बिधार्थीहरु तथा क्याम्पस प्रशासन,अधिबक्ता बीच चिनजान।छलफल र परिचय गरिएको थियो ।क्याम्पसका चेयरमेन सुधिर कुमार कर्णको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।परिच्यात्मक कार्यक्रमलाई सम्बोधन गर्दै बक्ताहरुले कानुन बिषय लिएर अध्यन गरेका बिधार्थीहरु बेरोजगार भएर बस्नुपर्ने बाध्यता नरहेको बताएका थिए ।उनीहरुले अन्य कुनैपनि बिषय लिएर पढे बेरोजगार भएर बस्नु पर्ने अवस्था आउन सक्ने तर कानुन बिषय लिएर पढेका बिधार्थीहरुलाई सहजै सरकारी तथा गैर सरकारी सेवामा कामको अवसर प्राप्त हुने बताएका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै अधिबक्ता शैलेन्द्र चौरसियाले कानुन बिषय निरन्तर अध्यन गरिरहने बिषय भएकाले यसलाई जिवन भरि नै कानुनका बिधार्थी तथा कानुन ब्यावसायीहरुलाई अध्यन गरिरहनु पर्ने बिषय भएको बताए ।उनले कानुन पढेकाले अहिले सहजै कामको अवसर पाउने गरेको तथा नपाएपनि थोरै लगानीमै आफनै चेम्बर खोलेर पनि स्वरोजगार बन्न सकिने जानकारी दिए ।कार्यक्रममा बोल्दै क्याम्पसका चेयरमेन एवम् अधिबक्ता सुधिर कर्णले कानुन बिषयको पढाईमा छोराहरुलाई बढी प्राथमिकता दिने गरिएकोले यस क्षेत्रमा महिलाहरुको कमि भएको बताए ।उनले छोरा जस्तै छोरीहरुलाई समेत कानुनको बिषय पढाउनमा अभिभावकहरु प्छि हटनु नपर्ने जिकिर गरे । पर्सा जिल्लामा जम्मा तीन जना महिला अधिबक्ता मात्रै भएको कुरा दुखद भएको बताउदै कर्णले आफैले आफनो छोरीलाई कानुन बिषय पढाई रहेको जानकारी दिए । अहिले देशमा मिरा प्रधान,सुशिला कार्की जस्ता राम्रा महिला अधिबक्ताहरु भएको बताउदै उच्च अदालत जनकपुर अस्थायी ईजलाश वीरगञ्जको मुख्य न्यायधिश पनि महिला नै भएको बताए ।कार्यक्रममा कलेजका प्रधानाध्याप्क चन्द्रिका पटेलले बिधार्थीहरुलाई प्रशिक्षणका साथै कार्यक्रमको सहजीकरण समेत गरेका थिए ।यसैगरि बिधार्थीहरुलाई अदालतको ईजलाश कक्ष समेत अवलोकन गर्ने अवसर दिइएको थियो ।कार्यक्रममा उच्च अदालत बारा एशोसिएसनका सचिव पअधिबक्ता प्रमोद साह,अधिबक्ता शैलैनद्र चौरसिया उच्च अदालत वीरगञ्ज्का कार्यबाहक रष्टिार मदन भटराई लगायतको सहभागिता रहेको थियो ।यसै बर्षदेखि वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १३ तेजारथ टोलमा सञ्चालनमा आएको वीरगञ्ज स्कुल अफ लले शुद्ध रुपमा कानुन बिषयका मात्र ै अध्यन अध्यापन गराउने लक्ष्य लिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नगरप्रमुखको सक्रिय पहलले ल्यायो आशा – वीरगञ्जमा विद्युत् समस्या समाधानको बाटो खुल्दै
मुख्य समाचार

नगरप्रमुखको सक्रिय पहलले ल्यायो आशा – वीरगञ्जमा विद्युत् समस्या समाधानको बाटो खुल्दै

प्रकाशित : २०७९ भाद्र ८,बुधबार
हेटौँडाका वरिष्ठ व्यवसायी विन्दल दासमाथि आक्रमण, समुदाय स्तब्ध
मुख्य समाचार

हेटौँडाका वरिष्ठ व्यवसायी विन्दल दासमाथि आक्रमण, समुदाय स्तब्ध

प्रकाशित : २०७९ भाद्र ८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद