प्रणय साह
पर्सा ,०८ असार ।
विरगंज महानगरका स्वास्थ्यकर्मीले भत्तामा विभेद भएको भन्दै विरोध गरेका छन् । तालिममा सहभागि हुने स्वास्थ्यकर्मीहरुलाई भत्ता वितरणमा विभेद भएकोले बुधवार विरोध जनाएका छन् ।
नेपाल सरकारले विभिन्न २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म ५ वर्षदेखि माथि १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई लक्षित गरि फाइजर खोप सञ्चालनको लागि स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकिरण तालिमको आयोजना गरेको हो ।
एउटै स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण तथा तालिमका लागि सम्बन्धित पालिका भन्दा बाहिर लग्दा एकदिनको १२ सय रुपैयाँका दरले भत्ता पाउँछन् ।
बाहिर तालिम गर्दा सवा २ दिनको भत्ता २ हजार चार र यातायात खर्च ५ सय रुपैयाँ पाइन्छ भने सम्बन्धित निकाय मै गर्दा तालिममा सहभागी भएवापत यातायात खर्चस्वरुप ७ सय रुपैयाँ पाउँछन् । जसम १५ प्रतिशत कर कट्टी गरेर पाँच सय ९५ रुपैयाँ दिने गरेको स्वाथ्यकर्मीहरु बताउछन ।
आफुहरुलाई तालिम सञ्चालन गर्न सम्बन्धित निकाय भन्दा बाहिर व्यवस्था गर्न दबाव दिदै स्वास्थ्यकर्मीहरुले धर्ना दिएका हुन । आफुहरुले सेवा सुविधा नपाएको भन्दै विरोध जनाएको बताएका छन् ।
© 2024