वीरगञ्ज – एन्जल वर्ड विद्यालयले अनुशासन, अध्ययन र अंग्रेजी भाषामा उत्कृष्टता देखाउने विद्यार्थीहरूलाई सम्मान गर्दै ब्याच वितरण तथा सपथ ग्रहण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि ट्राफिक प्रहरी प्रमुख लोकराज भट्टले विद्यार्थीहरूलाई ब्याच प्रदान गर्दै आत्मविश्वास बढाउने यस्ता कार्यक्रमको प्रशंसा गरेका थिए ।
कमल चौगाई, रामराज श्रेष्ठ, महेश सिंह धामी, अभिलाष गुप्ता लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको कार्यक्रममा प्रबन्ध निर्देशक पवित्रा प्रधानको अध्यक्षता र शिक्षक माटिन मिक्तानको सञ्चालन रहेको थियो।
विद्यालयले हरेक वर्ष यस्तो कार्यक्रम गर्दै आएको बताउँदै यसपटकको कार्यक्रम सफल भएकोमा विद्यालय परिवारले धन्यवाद ज्ञापन गरेका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस



