Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको एक सरकारी विद्यालयका करिब दुइ दर्जन विद्यार्थीहरु अचानक बेहोस

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ फाल्गुन १९,सोमबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । पर्साको एक सरकारी विद्यालयका करिब दुइ दर्जन विद्यार्थीहरु अचानक बेहोस भएका छन् ।
विहानको प्रार्थना सकेको एक घण्टा नबित्दै कालिकामाइ गाउँपालिका वडा नम्बर–४ स्थितका श्री नेपाल माध्यमिक विद्यालयका विद्यार्थीहरु धमाधम बेहोस भएका हुन ।

कालिकामाइ गाउँपालिका अध्यक्ष वशिष्टकुमार गुप्ताका अनुसार विहान एकाएक विद्यार्थीहरु बेहोस भएका हुन ।

उनले भने, ‘स्कुलको प्रार्थना सकेको थियो, त्यसको केही बेरमा विद्यार्थीहरु बेहोस हुन थाले ।’

सुरुमा एकजना विद्यार्थी बेहोस भएको थियो, त्यसपछि धमाधम विद्यार्थीहरु बेहोस हुन थाले । उनका अनुसार करिब २० जना विद्यार्थी एकाएक बेहोस भएका हुन ।

कक्षा ६देखि १० सम्मका विद्यार्थी बेहोस भएको गाउँपालिका अध्यक्ष गुप्ताले बताए । तर एकजना विद्यार्थीको भने अवस्था गम्भीर रहेको उनले जनाए ।

गम्भीर विद्यार्थीको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बाँकी बेहोस भएका विद्यार्थीहरुको भने पोखरिया अस्पताल र सदरमुकामका अस्पतालहरुमा उपचार गरिएको गाउँपालिका अध्यक्ष गुप्ताको भनाइ छ ।

‘मास हिस्ट्रोरिया’का कारण विद्यार्थीहरु बेहोस भएको अस्पतालले जानकारी दिएको गाउँपालिका प्रमुख गुप्ता बताउँछन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढी–४ मा काँग्रेस उम्मेदवार अजय चौरसियाको भेटघाट तीव्र, पार्टीको इतिहास र सिद्धान्तबारे मतदातालाई प्रश्न गर्न आग्रह
मुख्य समाचार

चौरसियाको दाबी—‘म कानुनमन्त्री हुँदा आमाको नामबाट नागरिकता सम्भव भयो’

प्रकाशित : २०८१ फाल्गुन १९,सोमबार
नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
राष्ट्रिय

नेशनल मेडिकल कलेज र मानवसेवा आश्रमबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

प्रकाशित : २०८१ फाल्गुन १९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद