Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home शिक्षा

सनलाईट इङ्गलिस सेकेन्ड्री स्कूलद्धारा कल्चरल फुड फेस्टिबल, परिकारहरु खाएर अतिथिहरुले गरे प्रशंसा

by अनलाईन वीरगंज
प्रकाशित : २०८० माघ २४,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । सनलाईट इङ्गलिस सेकेन्ड्री स्कूल (एसईसि+टु म्यानेजमेन्ट)ले बुधवार कल्चरल फुड फेस्टिबल कार्यक्रम सम्पन्न गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं. १६ नगवामा रहेको सो स्कूलको कक्षा ११ मा अध्ययनरत्त विद्यार्थीहरुले स्कूल परिसरमा स्टलहरु बनाई विभिन्न प्रकारका स्थानिय तथा नेपाली खाना र खाजाका परिकारहरु बनाई विक्रि वितरण गरेका थिए ।

स्कूलका प्रिन्सिपल आलोक चौरसियाको सभापतित्वमा सम्पन्न सो फेस्टिबलको प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधानले रिबन काटेर उदघाटन गरेका थिए । सो अवसरमा जिवन ज्योति स्कूलका शिव गुप्ता, साउथजोन स्कूलका सरोज चौधरी, अशोक संग्रौला, प्याब्सन पर्साका सचिव राहुल श्रीवास्तव लगायतका अतिथिहरुले विद्यार्थीहरुले बनाएको परिकारहरु खाएर विद्यार्थीहरुको मेहनत र लगनको खुलेरै प्रशंसा गरेका थिए ।

सो फेस्टिबलमा भाजा पकौडी, पानीपुरी, चाट, सेल रोटी, चाय, घोंङ्गी, चिप्स पकौडा, नेपाली अचार, मोमो, चिकेन पिजा लगायतका करिब एक दर्जन स्टलहरु रहेको स्कूलका शिक्षक राजन चौरसियाले बताए । पढाईका साथै कसरी व्यवसाय गरेर कमाउन सकिन्छ भनि उदेश्यका साथ सो फुड फेस्टिबल आयोजना गरिएको शिक्षक चौरसियाले बताए ।
सो अवसरमा स्कूलका बोर्ड सदस्यहरु उमेश साह, बिजय चौरसिया, दिनेश साह, धनन्जय चौरसिया, राजेश साह, मनोज प्रसाद, शिवम साह लगायत शिक्षक, शिक्षिका, अभिभावक, सञ्चारकर्मी एवं विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे
राष्ट्रिय

युवा नेता सञ्जु साहले मृतक परिवारलाई श्रद्धांजलि अर्पित गरे

प्रकाशित : २०८० माघ २४,बुधबार
गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ
मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

प्रकाशित : २०८० माघ २४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद