Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सिक्दै जाऔं, कमाउँदै जाऔं अवधारणा अन्र्तगत वीरगञ्जमा सय जना विद्यार्थी सीप सिक्दै

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार २३,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज कलेजले विद्यार्थीका लागि डल कुसन, साबुन, सर्फ र क्लीनर बनाउने तालिम शुरु गरेको छ । असार २९ गतेसम्म सञ्चालन हुने सीपमुलक तालिमको शनिबार उद्घाटन गरिएको छ ।

सिक्दै जाऔं, कमाउँदै जाऔं अवधारणा अन्र्तगत कलेजले विद्यार्थीमा उद्यमशिलता विकासको लागि तालिमको आयोजना गरेको कलेज सञ्चालक समितिका अध्यक्ष डाक्टर दिपेन्द्र चौधरीले जानकारी दिए ।

‘पढाईले जागिरे मानसिकता विकास गरिदिएको छ । तालिमले बाटो देखाउने काम गर्छ, अगाडी कसरी बढ्ने उनीहरुले नै निर्णय गर्ने हो ।’ उनले भने ‘४ वर्षमा स्टार्टअप के हो ? व्यवसाय कसरी गर्ने ? भनेर समेत कलेजले सिकाउनेछ ।’

उनले व्यवसाय सुरुवात गर्न लाखौं रुपैयाँ चाहिन्छ भन्ने सोच त्याग्न समेत आग्रह गरे ।

क्लासिक बैंक्वेटमा आयोजित तालिम उद्घाटन समारोहमा बोल्ने अन्य वक्ताहरुले विद्यार्थीले पढ्दै सिक्दै कमाउँदै गर्नु आजको आवश्यकता बनिसकेको बताएका छन् । विद्यार्थीले पढीसकेपछि जागिरका लागि भौंतारिने गरेको बताउँदै उनीहरुले यस्ता सीपमूलक कार्यक्रम कलेजमै हुँदा उनीहरु आत्मनिर्भर बन्दै जाने बताए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले छोराछोरीको जागिरका लागि दिनहुँ फोन आउने गरेको बताए । ‘दिनहुँ जागिर लगाइदिनुस न भनेर फोन आउने गरेको छ, के काम जानेको छ ? भनेर सोध्दा तपाइको सँगतमा बसेपछि सिकिहाल्छन् नी भन्छन् । एक पटक जागिर त लगाईएला तर अगाडि बढ्न त काम पनि जान्नुपर्छ ।’ उनले भने । जुन क्षेत्रमा लागेपनि त्यसको उचाइमा पुग्ने सोच राख्नुपर्नेमा उनले जोड दिए ।

उनले भने ‘तालिममा बसेर मात्रै हुँदैन सिकेर जिन्दगीमा लागु गर्न पनि सक्नुपर्छ । फेरि सामाग्री बनाउन बनाउन जानेर मात्रै हुँदैन, उधोग लगाउन लगानी चाहिन्छ, बजारको काम हुन्छ । सिप सिकेर म यो गर्न सक्छु भन्नु संघले सहयोग गर्छ ।’

ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख ललन द्ववेदीले जागिरे मानसिकताबाट अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘अध्ययन भनेको शब्दलाई बुझ्ने परीक्षा दिने, हामीमा स्किल भएन, सिकाइ भएन, संस्कार अनुशासन बिनाको शिक्षा छ । अभ्यास हुन सकेको छैन, यसले सिकाइको वातावरण तय गर्छ ।

जागिरभन्दा अगाडि पनि छ । किन उधमी, व्यापारी नबन्ने ? अहिलेदेखि नै त्यतातिर आफ्नो सोचको विकास किन नगर्ने ?’

वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले पढाईसँगै आफूलाई मनपर्ने सीप पनि सिकेको खण्डमाम पढाईको लक्ष्य पुरा गर्न नसक्दा होस वा लक्ष्य प्राप्तीपछि सीपको सदुपयोग गरेर आत्मनिर्भर बन्न सकिने बताए ।

वडा नं ३ का अध्यक्ष बैजु स्वर्णकारले पढ्दै सिक्दै जाँदा लाभदायक हुने बताए । वीरगञ्जमा तीन जना विधार्थीले मिलेर भाजा, चिया जुस बिक्रि गर्न थालेको उनले सुनाए । क्याम्पस प्रमुख विनोद गुप्ताले विधार्थीले नयाँ कुरा सिकुन र जीवनयापनमा सहज होस भनेर जिविकोपार्जनसँग सम्बन्धि पढाई तथा मोटिवेशनल तालिम पनि दिने गरिएको बताए । तालिममा छात्रा ५० र छात्र ५० जना गरी १ सय जना विद्यार्थी सहभागी छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०८० असार २३,शनिबार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०८० असार २३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद