वीरगञ्ज,१६असार । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवामा सञ्चालित सनलाईट माध्यामिक विद्यालयमा यहि शैक्षिक सत्रदेखि प्लस टु मा व्यावस्थापन संकायको पठनपाठन सुरु गर्ने भएको छ ।
विद्यालय व्यवस्थापन पक्षले शनिबार विद्यालय परिसरमै पत्रकार सम्मेलन गरेर यहि शैक्षिक सत्रदेखि कक्षा ११ मा व्यावस्थापन संकायकाे अध्यापन सुरु गर्न लागेको बताएका छन ।
यसअघि कक्षा १० सम्मकाे मात्रै पठनपाठन हुदै आएको सनलाइट माविमा अब यहि शैक्षिक सत्रदेखि सनलाईट इएसएस प्लस टु म्यानेजमेण्टको पठनपाठन सुरु गर्न लागिएको पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक आलोक चौरसियाले बताए । विद्यालयले वैज्ञानिक र व्यावहारिक शिक्षा प्रणाली अनुसार कक्षा ११ को अध्यापन गराउने योजनाका साथ कक्षा सुरु गर्न लागेको उनले बताए ।
उनले कक्षा ११ मा सरकारले लिएको पढ्दै जाऊ, कमाईदै जाऔंको नीति अनुसारको रोजगारमुखी शिक्षा प्रदान गरिने उनले बताए । कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीहरुको रुची र चाहाना अनुसार कुन शिक्षा लिन चाहेको हो ? उनीहरुको रुची, सीपको पहिचान गरेर त्यही अनुसारको शिक्षा प्रदान गरिने विद्यालयका स्किल म्यानेजर मनिष चालिसेले बताए ।
त्यस्तै एसईईमा जिल्लामा उत्कृष्ट र प्रवेश परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पूर्ण छात्रवृत्ति, प्रवेश परीक्षामा दशजना उत्कृष्ट, सरकारले निर्धारण गरेको १० प्रतिशत गरिब, विपन्न, असहाय र अन्य पिछडिएको समुदायकाहरुका लागि १० प्रतिशत तथा छात्राहरुको लागि विशेष सुविधाको प्रदान गरिने पनि प्रधानाध्यापक चाैरसियाले बताए ।
विद्यालयका विद्यार्थी क्लयाण संयोजक शिवम साहले सहजिकरण गरेको पत्रकार सम्मेलनमा विद्यालयलसञ्चालक समितिका निर्देशकहरु विजय चौरसिया, उमेश साह, दिनेश साह, धनञ्जय चौरसिया लगायतकाेपनि उपस्थिति रहेको थियो ।