Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

गर्भमा लिंगको पहिचान नगर्न सरकारको आग्रह

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ४,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । सरकारले गर्भमा लिंगको पहिचान नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकाल्दै यस्तो आग्रह गरेको हो । गर्भमा लिंगको पहिचान गरेर वा गराए एक वर्षसम्म कैद हुने मन्त्रालयले जनाएको छ ।

“कसैले गर्भमा रहेको भ्रणको लिंग पहिचान हुने कुनै कार्य गर्न र गराउन हुँदैन, यदि सो कार्य गरे वा गराएमा तीन महिनादेखि एक वर्षसम्म कैद सजाय हुने”, सूचनामा उल्लेख गरेको छ ।

मन्त्रालयले छोरीको जन्म सुनिश्चित गरेर विभेदपूर्ण लिंग छनौट अन्त्य गर्न आग्रह गरेको हो । यस अघि मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै लिङ्ग पहिचान गरेर भ्रुण हत्या गर्ने वातवरणको अन्त्य गर्न सबै सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थालाई निर्देशन दिएको थियो ।

मन्त्रालयका उपसचिव एकदेव खनालका अनुसार गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई कानुनत दण्डनीय अपराध मानेको हुँदा स्वास्थ्य संस्थालाई त्यस्ता गतिविधि नहुने वातावारण तयार गर्न मन्त्रालयले निर्देशन दिएको हो ।

नेपालमा राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार लैंगिक अनुपातमा असमानता देखा पर्न लागेको र विभेदपूर्ण लिंग छनौटको अन्त्यका लागि राष्ट्रि रणनीति २०७८–२०८८ मा समेत विभेदपूर्ण लिङ्ग छनौटको अन्त्य गर्ने कार्यनीति तथा कार्ययोजना रहेको छ । साथै मुलुकी अपराध संहिता २०७४ को दफा १८८ को उपदफा ७ र ८ मा एवम् सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को दफा १७ मा समेत गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई कानुनत दण्डनीय अपराध मानेको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०८० असार ४,सोमबार
पर्सामा असहायहरूलाई चिसो छल्न न्यानो कम्बल वितरण
मुख्य समाचार

पर्सामा असहायहरूलाई चिसो छल्न न्यानो कम्बल वितरण

प्रकाशित : २०८० असार ४,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद