Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

क्रिकेट विजेता टोलीलाई सरकारले जनही ६ लाखसहित पुरस्कृत गर्ने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख २०,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई जनही ६ लाख र अफिसियललाई ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले एसीसी प्रिमियर कप क्रिकेट विजेता नेपाली टोलीका सदस्यहरु र अफिसियलहरुलाई सो रकमसहित पुरस्कृत गर्ने घोषणा गरेको हो ।

‘आजको मन्त्रिपरिषदको बैठकबाट एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई प्रतिखेलाडी रू. ६ लाख र अफिसियललाई जनही रू. ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरिएको छ,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।

त्यस्तैगरी आजको मन्त्रिपरिषद बैठकमा कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय गुणस्तरमा विकास गर्न आवश्यक बजेट बिनियोजन गर्ने निर्णय पनि गरिएको जनाइएको छ ।

यो निर्णयले नेपाली क्रिकेट खेलाडीहरूलाई प्रोत्साहन र क्रिकेट खेलको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको प्रधानमन्त्रीले जनाएका छन् ।

त्यस्तैगरी प्रधानमन्त्री प्रचण्डले क्रिकेटमार्फत् नेपालको पहिचान र गौरव बढाउने खेलाडीहरुलाई बधाइ ज्ञापन गरेका छन् ।

मंगलबार त्रिवि क्रिकेट मैदान सम्पन्न एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा नेपालले युनाइेटड अरब इमिरेटस् (यूएई)लाई सात विकेटले पराजित गरेको थियो ।”

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०८० बैशाख २०,बुधबार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०८० बैशाख २०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद